Saturday, September 14, 2013

आफ्नै गन्थन

हतारो छैन रे आस्थालाई



आस्था केसी
साहित्यकार

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
आख्यान क्षेत्रमा नयाँ पाइला चाल्दै गरेकी साहित्यकार उमा सुवेदीको चर्चित उपन्यास तोदा

तोदामा खास के रहेछ ?
तोदामा वैदेशिक रोजगारमा जाने नेपाली महिलाहरुले भोग्नुपरेका समस्याहरुको बारेमा लेखिएको त्यसको साथसाथै विश्वको कुख्यात तानाशाह हिटलरले यहुदीहरुमाथि गरेको बर्बर दमनपछि त्यहाँका जनता खासगरी महिलाहरुमा परेको असरको बारेमा मार्मिक ढंगले लेखिएको कुनै पनि देशमा कुनै पनि बहानामा गरिएको युद्धमा सबैभन्दा बढी महिलाहरु नै प्रभावित हुने गरेको कुरा तोदामा उल्लेख

कस्ता पुस्तक मन पराउनुहुन्छ ?
आख्यान गैर आख्यान दुबै पढ्न मन पर्छ

कोठामा चामल सक्केको थाछैन, पुस्तक किन्न छोड्नुहुन्न रे !
हाहाहा ठ्याक्कै त्यही नै नभनौं के कुराचाहिँ सत्य हो भनुँ चामल बरु उधारै किनेर भए पनि किताबमा जोड दिन्छु किताब किन्न अलि सौखिन नै छु आफूलाई पढ्न मन लागेको किताब नकिनिरहन सक्दिनँ

मासिक रुपमा कति खर्च गर्नुहुन्छ नि पुस्तक किन्न ?
मासिक खर्चको केही टुंगो नै हुँदैन बजारमा हल्ला चलेका, पत्रपत्रिकामा चर्चा गरिएका तथा समसामयिक खालका कुनै पनि किताब किनिहाल्छु यसो गर्दा कहिलेकाँही झुर किताब पनि पर्दा रहेछन् बरु किनेर दराजमै थन्किएर बस्छन् किताबहरु तर किन्न भने छोडिन्न

अहिलेसम्म पढेका पुस्तकहरुमध्ये धेरै मन परेको कुनै एक पुस्तक ?
त्यस्ता धेरै किताबहरु पढियो जसले हृदयको कोमल कुनोलाई हल्लाएर गए आज पनि सबैभन्दा बढी निकोलाइ अस्त्रोभस्कीको अग्निदीक्षाको मुख्य पात्र पावेललाई सम्झिरहन्छु
अग्निदीक्षा क्रान्तिको समयमा आफ्नो जीवनलाई पार्टी क्रान्तिको लागि समर्पित गर्दागर्दै युद्धमा घाइते भएको एउटा योद्धाको कथा हो, जो शान्तिप्रक्रियामा आइपुगेपछि आफ्नै सहयोद्धा कमरेडहरुबाट अपहेलित हुन्छ
आज हाम्रो देशमा भएको जनयुद्ध जनआन्दोलनमा घाइते भएका योद्धाहरुप्रतिको बेवास्ता देख्दा मलाई अग्निदीक्षाका पात्रहरुको सम्झना हुन्छ भावुक बनाउँछ

कस्तो बेलामा रचना सिर्जना गर्नुहुन्छ ?
समाज मानव जीवनमा घट्ने घटना परिघटनाहरुले मनलाई उद्धेलित बनाएको अवस्थामा रचनाहरु सिर्जना गर्छु

पाठकलाई सधैंभरि फुटकर रचनाले मात्रै ठग्ने कि केही कृति निकाल्ने योजना पनि ?
कविताहरु लेखि नै रहेकी छु कृति नै निकाल्न हतार गर्नुपर्छ जस्तो  मलार्ई लाग्दैन तैपनि केही समय पछि नै कवितासङ्ग्रह निकाल्ने तयारीमा छु 

आफूलाई सबैभन्दा राम्रो लागेको आफ्नै कुनै एक रचना ?
आफूले लेखेका रचनाहरु आफूलाई रामै्र लाग्छन् किनभने ती आफ्नै सन्तानजस्ता हुन् एउटी आमाले आफ्ना सबै सन्तानलाई बराबर माया दिएजस्तै एउटा सर्जकले पनि आफ्ना सबै सिर्जनाहरुलाई माया गरेको हुन्छ
मलाई मेरै कविताहरुको कुरा गर्ने हो भनेनायक अभिनयकविता अलि बढी मन पर्छ

तपाईं आम महिलाहरुभन्दा अगाडि हुनुहुन्छ रे त्यो छलफल, बहस, सामाजिक अभियान होस् या घुमघाम, गेटअप सबैमा त्यस्तो आँट ऊर्जा तपाईंमा कसरी आउँछ ?
आम महिलाहरुभन्दा धेरै अगाडि छु जस्तो मलाई लाग्दैन पनि एउटा सामान्य महिला नै हुँ जीवन भोेगाइका अनन्त श्रृंखलाहरु सबैको जीवनमा आई नै रहन्छन् फरक यत्ति हो कि सबैले त्यसलाई शब्दको रुप दिन सक्दैनन् मैले आफ्नो मनमा लागेका अनुभूतिहरुलाई शब्दमा उतार्ने कोशिश गर्छु
हाम्रो समाज पुरुषप्रधान सामन्ती संरचनाले ग्रस्त अहिलेसम्म भएका विभिन्नखाले क्रान्ति आन्दोलनहरुको बाबजुद पनि पुरुषप्रधान सामन्ती संरचनापूर्ण रुपमा परिवर्तन भएको छैन यस्तो अवस्थामा हामी महिलाहरु आफ्नो अधिकार स्थापित गर्नको लागि आफै लाग्नुपर्छ त्यसको लागि हामी सबै हिसाबले सशक्त हुनु जरुरी हामीले आफूमा भएको हिनताबोध, आत्मग्लानी अविश्वासको भावना त्यागेर आफैलाई विश्वास गर्न सक्यौं भने मात्र अरु धेरै चुनौतीहरुको डटेर सामना गर्न सक्छौं
यत्तिकै आजको अवस्थामा आइपुगेको होइन महान् जनयुद्ध (भलै त्यो आज आफ्ना उपलब्धि हरुलाई संस्थागत गर्ने प्रकृयामा ) ले दिएको चेतना जिम्मेवारीका साथसाथै समयसँगै ब्यहोरेका उतारचढावहरुले मलाई आजकोआस्थाबनाएका हुन् यिनै कुराहरु हुन् जसले मलाई जीवनमा केही गरौं भन्ने आँट ऊर्जा दिन्छन्

विश्वाससँग बिहे गरेपछि मात्रआस्थानाम राख्या हो रे नि है तपाईंले ?
कुरो त्यस्तो होइन आस्था मेरो बिहे हुनुअगाडिकै नाम हो हाम्रो जोडीको नाम आस्था विश्वास हुनु एउटा संयोगमात्रै हो तर, आस्थालाई विश्वास विश्वासलाई आस्था मन परेका नामचाहिँ हुन्

कतिपयले तपाईंलाई काम गर्ने क्यै होइन, ‘आस्थाआबद्ध नभएका संघसंस्था खोज्न बत्ती बाल्नुपर्ने भो भन्छन् नि ?
त्यो तिनै मान्छेहरुलाई सोध्नुपर्ने हुन्छ किन तिनीहरु मलाई त्यस्तो भन्छन् मलाई त्यस्तो लाग्दैन आबद्ध भएका संघ संस्थाहरुमा मलाई दिइएका जिम्मेवारीहरु पूरा गरेकै छु जस्तो मलाई लाग्छ तपाईले भने जस्तो धेरै संघ संस्थाहरुमा आबद्ध पनि छैन मेरो रुचिको क्षेत्र साहित्य पत्रकारिता हो त्यहीसँग सम्बन्धित संघ संस्थाहरुमा आबद्ध छु

प्रस्तुति : विवश


नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...