संदेश

एकथरीको प्रशंसा अर्काथरीलाई चाहिँ जेल ?

यो रक्तरञ्जित ईतिहासलाई नर्बिसौं साथीहरु । हामी सोझो बाटोबाट होईन निकै बांगोटिंगो बाटो हुंदै यहाँसम्म आईपुगेका छौं । पत्रकार डेकेन्द्र थापाको बिषयमा मात्र होईन । यो सिंगो देशको संक्रमणकालिन अवस्था प्रति सम्बेदनशील बनौं । नेपाली कांग्रेसले वीपी कोइरालालाई महामानव मान्दै आएको छ । कांग्रेसले मात्रै होइन, अन्य दलका नेताले पनि वीपीलाई आदर्श नेता मान्छन् । सन्त नेता भनिएका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उदयपुरतिर बन्दुक बोकेर हिँडेको विषयलाई महानताका रुपमा लोकतन्त्रवादीहरुले चर्चा गर्छन् । जिल्ला अदालत झापामा रहेको ज्यान मुद्दा फिर्ता लिएर फुर्सद पाएका झापा आन्दोलनका अगुवा सीपी मैनालीलाई पनि अहिले कसैले हत्यारा भन्दैन ।

महिलामाथिको हिंसा कहिलेसम्म ?

मकवानपुरको उत्तरी गोगने–५ का प्रेम बहादुर मोक्तानले यौनसम्पर्क गर्न नपाएको रिसमा पत्नी बिबिमायाको विभत्स हत्या गरे । सँगै मर्ने, बाँच्ने कसम खाएका दुःखसुखका साथी भन्नेले नै यौनसम्पर्क गर्न नदिएको झोंकमा कपालमा समातेर भुँईमा टाउको ठोकी–ठोकी हत्या गरेर मात्र नपुगी श्रीमतीको लासलाई डोकोमा बोकी भीरबाट फालिदिए । तीन बर्षअघि घरेलु कामदारको रुपमा साउदी अरब पुगेकी भोजपुरकी युवती गत मंसिर ४ गते काठमाडौंको अति व्यस्त बागबजारस्थित लजमा बर्दीधारी सिपाहीबाट पटक–पटक बलात्कृत भइन् । उनले विदेशबाट कमाएर ल्याएको रकमसमेत अध्यागमनका कर्मचारी मिलेर लुटिदिए । बर्दियाकी शिवा हासमी आफूले प्रेम गरेको युवकसँग बिहे गर्न पाउनुपर्ने अडानकै कारण आफ्नै बुबा र दाजु भनाउँदा आफन्तहरुबाट ज्यूँदै जलाइन पुगिन् । बाँच्नको लागि अस्पतालको बेडमा जीवन र मृत्युसँग संघर्ष गर्दागर्दै अन्ततः केही दिनपछि उनी जीवनसँग हारिन् । उनको मृत्यु हुन पुग्यो । बाराकी विन्दु ठाकुरको जलाएर बिभत्स तरिकाले हत्या गरियो । एसएलसीको तयारी गरिरहेकी बिन्दुलाई आफ्नै बुवाले हत्या गरेको भन्ने कुरा बाहिर आएको छ । उनको हत्या किन गरिएको हो भन्ने कारण अ...

बन्ला त नयाँ पार्टी महाधिवेशनबाट ?

विगत दश बर्षको महान जनयुद्ध र दोस्रो जनआन्दोलनपछि छ बर्षे शान्ति प्रकृयाबाट अघि बढिरहेको एकीकृत नेकपा माओवादीको महाधिवेशन अब नजिकिदै आइरहेको छ । करिब २३ बर्षको लामो अन्तरालपछि माघ २० गतेदेखि मकवानपुरको हेटौंडामा शुरु हुने भनिएको महाधिवेशनको तयारीको कामलाई तीव्रता दिइएको भएपनि कतै यो औपचारितामा मात्र सीमित हुने त होइन भन्ने आशंका कार्यकर्ता र जनतामाझ उत्पन्न भएको छ । संविधानसभाको अवसानपछि देशमा देखापरेको राजनैतिक संकट, दलहरु, सरकार र राष्ट्रपतिका बीचको बढ्दो बेमेल, आगामी बैशाखमा गरिने भनिएको नयाँ निर्वाचनजस्ता कुराले तोकिएको मितिमा महाधिवेशन हुन सक्दैन कि भन्ने कार्यकर्ता स्तरको आँकलन अस्वाभाविक पनि छैन । मुलुकमा उत्पन्न राजनीतिक संकटका बीच हुन थालेको महाधिवेशनले पार्टीको आगामी कार्यदिशा तय गर्छ र कार्यक्रम कस्तो ल्याउँछ भन्ने जिज्ञासा पनि कार्यकर्तापंक्तिमा उत्पन्न हुनु स्वभाविकै छ ।   उसो त एकीकृत माओवादीले महाधिवेशनको लागि सांगठनिक तयारीलाई तीव्र बनाउँदै गाउँ तथा नगरका सम्मेलनहरु गरिसकेको छ भने जिल्ला सम्मेलनको तयारीमा जुटेको छ । त्यस्तै जनवर्गीय संगठनहरुका सम्मेलन र अधिवेशनह...

भयावह छ अझैं महिलामाथिको हिंसा

समाजमा विद्यमान हज्जारौं वर्ष पुराना शोषण र विभेदहरुको तुलनामा महिलामाथिको हिंसा नै सबैभन्दा बढी व्यापक हिंसाको रुपमा रहेको छ । कुनै क्षेत्रविशेष, कुनै धर्मविशेष वा जातिविशेष जे भएपनि महिलामाथिको हिंसा व्यापकरुपमा छ र त्यो हिंसा नयाँ–नयाँ स्वरुपमा अभिव्यक्त पनि भइरहेको छ । सिंगो आकाशमध्ये आधा आकाशमा घाम लागिरहेको अवस्था छ भने आधा आकाशमा कालो बादल लागेको अवस्था छ । समाज २१ औं शताब्दीको मध्यतिर आइपुगेको छ, दुनियाँमा धेरै ठूला–ठूला परिवर्तन भएका छन् र ती सबै परिवर्तनहरु चाहे ती राजनैतिक परिवर्तन होऊन्, चाहे ती आर्थिक परिवर्तन होऊन, या सामान्य सामाजिक परिवर्तन होऊन, ती सबैमा महिलाहरुले निकै नै सक्रिय रुपमा आफ्नो सहभागिता जनाएका छन् । परिवर्तनका ती महत्वपूर्ण कदमहरुमा पुरुषहरुसँगसँगै काँधमा काँध मिलाएर अग्रपंक्तिमा सामेल हुने महिलाहरु अन्ततः आन्दोलनको उत्कर्ष र परिवर्तनको निष्कर्ष सँगसँगै पछाडि पर्छन् वा पारिन्छन् र कालान्तरमा उनीहरु जहाँको त्यही रहन पुगेको यथार्थता हाम्रा सामु दिनको घामजत्तिकै छर्लङ्ग छ ।

आफ्नै गन्थन (साहित्य, राजनीति, जीवन आदि/इत्यादि)

चित्र
                             प्रस्तुतिः भुवन देवकोटा आस्थाजी आरामै ?  हजुर आरामै छु । के काममा ब्यस्त हुनुहुन्छ आजभोलि ? प्रलेस र मदानी साहित्य समुहका कार्यक्रमहरुमा ब्यस्त छु । घर गृहस्थीमा पनि समय खर्चिनु परेको होला कस्तो छ घर व्यवहार ? म एक गृहिणी पनि भएकोले स्वभाबैले घर परिवारलाई समय दिनु पर्दछ । केही समय अगाडिदेखि पुस्तक र स्टेशनरीको पसल संचालन गरेकोले आजभोलि पसलमा अलि बढी नै समय दिदै आएकी छु । सिर्जनाका लागि कति समय छुट्याउनु हुन्छ एक दिनमा ? सिर्जनाकै लागि त्यस्तो दैनिक यत्ति समय भन्ने त छैन तर समय मिलेसम्म सिर्जना गर्नतिर लागिहाल्छु । आजकल लेख्ने भन्दा बढी पढ्ने कुरामा जोड दिएकी छु । पढ्दै गरेको नयाँ पुस्तकको नाम ? कबि श्यामलको हतारको यात्रा कबिता संग्रह र मनिषा गौचनको बल्लीको डायरी उपन्यास पढ्दैछु । दाङका साहित्यकार सूर्यनाथ सापकोटाको उपन्यास आगो भित्रको मान्छे पनि लाइनमा छ । कस्ता पुस्तक पढ्न मनपराउनु हुन्छ ? जीवन र जगतलाई नजिकबाट बुझ्न सहयोग गर्ने साहित्यिक पुस्तकहरु पढ्न ...