संदेश

स्मृतिमा निर्मला दिदी

चित्र
                आस्था केसी ‘नानु सञ्चै छौ ?’      मंसिरको चिसो सिरेटोसँगै कसैले मेरो हात समात्यो । को होला ? मनमनै सम्झिन खोजें र आवाज ठम्याउन खोजें । रात उकालिदै थियो, हामी भने ओरालो झर्दै थियौं ।         हामी कहाँ हिड्दैछौं, कता जाँदैछौं ? हाम्रो यात्रा कति घण्टाको हो मलाई थाहा थिएन । करिब १०÷१५ जनाको समूहमा हामी थियौं । जताततै पुलिसको ज्यादति बढेको थियो, त्यसैले सुरक्षित स्थानतर्फ थियौं सायद । रात चकमन्न  थियो, तल कतै खोला सुसाइरहेको थियो । खोला किनारमा झ्याँउकीरीहरु कराइरहेका थिए । कति–कतिबेला गाउँमा जोडले कुकुर भुकेको आवाज आउँथ्यो । समय त्यस्तै रातको १० बजेको थियो होला ।           ‘म निर्मला चिनिनौ ?’ ? मैले चिन्न खोज्दै थिए उतैबाट जवाफ आयो ।        दिदी ऽऽऽ! एक्कासी खुसीले म झण्डै चिच्याएँ । ‘सुस्तरी बोल ।’ उनले भनिन् ।          निर्मला दिदी एकपटक ह...

प्रतिबद्धता गरौं

चित्र
    आस्था केसी के तपाईलाई थाहा छ ? मैले आज फेरी उनलाइ देँखे । निल गगनमा, ताराहरुको बिचमा उनि उस्तै थिए शालिन थिए,भद्र थिए । उनले आँखामा पावरदार चश्मा लगाएका थिए उनको ओँठमा मृदुल मुस्कान खेलिरहेथ्यो । एउटा हातमा कलम र डायरी थियो । अर्को हातमा चाहीँ रातो झण्डा थियो । त्यो त्यही झण्डा थियो। जस्लाई उनि निकै माँया गर्थे । आफ्नो ज्यान भन्दा बढी आफ्नो सपना भन्दा बढी । त्यो रातो झण्डा हावामा फरफर गरिरहेथ्यो । के तपाईलाई थाहा छ ? मैले आज फेरी उनको आवाज सुनें उनको आवाजमा उस्तै ताजगीपन थियो। जोश थियो, जाँगर थियो । उनले मलाई बर्ग बिभेदका कुरा भने । सामन्ती,दलाल,नोकरशाही को गिल्ला गरे । ठग र लुटेराहरुको बिरुद्ध मनखुशी मुर्दाबाद भन्न सिकाए । क्रान्ति र परिबर्तनका लागी मुठ्ठी कसी जिन्दाबाद भन्न सिकाए । त्यत्ति मात्र कहाँ हो र उनले त जनतालाई बिश्वासघात गर्नेहरु प्रति घृणा गर्न सिकाए । शहीदको बलिदानीमा स्थापित परिर्बतनलाई खेल सम्झिने प्रति खबरदारी गर्न सिकाए । आफूलाई क्रान्तिकारी भन्दै देश प्रति गद्धारी गर्नेहरुलाई औंला उठाईरहन सिकाए । उनको आवाज निकै जोशिए...

क्यान्टोनमेन्टमा दुई दिन

                                                               आस्था के.सी.  कसलाई भेट्न आएको ?  उसको प्रश्नले एक्कासी सपनाबाट ब्युंझिए जस्तै भएँ ।  सेन्ट्रीपोष्टमा नेपाली सेनाको एउटा सिपाही हातमा वन्दुक लिएर यता र उता गरिहेथ्यो । गेट निर उभिएर अर्को सिपाहीले मलाई केरकार गरिहेथ्यो । मनमनै झनक्कै रिस उठेर आए पनि विनम्रता पूर्वक विग्रेड कमाण्डर युगान्तलाई भेटन आएको कुरा उसलाई निवेदन गरें  । म रिसाउनु र नरिसाउनुको कुनै अर्थ थिएन । जे हुनु भइसकेको थियो । यर्थाथलाई जतिसक्यो छिटो आत्मसाथ गर्नु नै श्रेयस्कर हुन्थ्यो । जनमुक्ति सेना नेपाल मंगलसेन स्मृति विग्रेड कार्यालय ,उघां लेखिएको गेटभित्र हिजोका साही सेना उर्फ आजका नेपाली सेना उभिएका थिए र गेट वाहिर दुई चार जना पिएल...

हामीले हात मिलायौं

चित्र
                             -[आस्था केसी]        हावा जोड–जोडले चलिरहेछ । यो मौसम नै हावाहुरीको मौसम हो । स–साना रुखहरु हावाको झोक्कासँगै कहिले पूर्व कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिणतिर ढल्किदिन्छन् । लाग्छ ती स–साना रुखहरुले झुकेर कसैलाई अभिवादन गरिरहेछन् । ठूल्ठुला रुखका भने पातहरु मात्र फर्फराइरहन्छन् । जति ठूलो हावाको वेगले पनि तिनका विशाल हाँगाका स–साना झुप्पाहरुलाई मात्र हल्लाइदिन सक्छ । सिंगो रुख त ठिङ्ग उभिमात्र रहेछ । दिन बिस्तारै ढल्किरहेछ । पश्चिमी क्षितिज अनौठो आभाले चम्किरहेछ, अब केहीबेरमा नै त्यो अग्लो कालो पहाडले सूर्यको निलिमालाई बिस्तारै निलिदिनेछ र धर्तीमा अँध्यारोको साम्राज्य खडा हुनेछ । बिहान गुल्मी जिल्लालाई छाडेर प्यूठानको ठूलाबेशीबाट बसमा चढेका हामी दिन छिप्पिदा नछिप्पिदै प्यूठानको तिराममा आइपुगेका छौं । यो बाटोको लागि हा...

कठघरामा उभिएर

चित्र
                                      आस्था केसी जीन्दगीका दोभानहरु देखिएकै हो समयका दोसाँधहरु टेकिएकै हो एउटा साँघुरो गल्लीबाट छामछाम् छुमछुम् गर्दै अघि बढ्दा रुमानी रहरहरु मिल्काईएकै हो र फेरी नौलो बिहानीका रहरहरु हुर्काइएकै हो । अँध्यारा बस्तीहरु सजाउने सपनाहरु देखिएकै हो जनतालाई ठग्नेहरु बिरुद्ध बिद्रोहको जेहाद छेडिएकै हो अप्ठ्यारा ति भिर र कान्लाहरुमा जति सकियो गोरेटो सम्याइएकै हो । क्रान्तिका भिषण मोर्चाहरुमा कतै न कतै त आयाम थपिएकै हो ।। छिचोलेकै हो ति संघर्षहरु पनि दोहोर्याइएकै हुन प्रतिबद्धताहरु पनि । परिबर्तनका ति अभिष्टहरु पुरा गर्न मुक्ति या मृत्युको कफन बाँधेर निकै गौरबमय परिबेशमा गाईएकै हो सर्बहारा बर्गको अन्तराष्ट्रिय गीतपनि ।। इतिहासको यस घडीमा गर्नुपर्ने अझै धेरै छन कामहरु निभाउनु पर्ने अभैm कैंयौ छन भुमिकाहरु म कसरी आस्वस्त हुनसक्छु आलै छन् शहीदका रगतहरु ।...

सहकारी

चित्र
          आस्था केसी   आउ गरीव अनि शोषित जनहरुसधैं सधैं पसिना बगाउनेहरु दशनँग्रा खियाएर पनि एकछाक राम्रो संग खान नपाउनेहरु हामी सबै सबैको लागी आवश्यक छ सहकारी । । रोग,भोक र शोकले र्जजर छ हाम्रो बिगत । केही हुन्छ कि भनेर माथिकै मुख ताक्ने अभिषप्त छ हाम्रो बर्तमान । खोई के नै पो भन्न सकिन्छ र ? यस्तै नै हो भने एक्लै एक्लै लड्दै भिड्दै गर्ने हो भने , अन्यौलपूर्ण छ हाम्रो भबिष्य, बिदेशीका पञ्जाहरु भित्र छट्पटाईरहेछ हाम्रो स्वाभिमान् ।  । कुनै सुनौलो परिकथामा जस्तै एकाएक रातारात मोड लिनेछैन जिन्दगीले, र प्रिर्बतन भईहाल्ने छैन हाम्रो यथार्थ । त्यतिबेला सम्म फेरिने छैन हाम्रो अवस्था जतिबेला सम्म जाग्ने छैनौ,लाग्ने छैनौ र संगठित हुने छैनौ हामी आफै ......।। एकतामा मात्र फूल्न सक्छन् हामी सबैका सपनाहरु र फस्टाउन सक्छन् हामीले साँचेका रहरहरु जागेका हुन्छन तनहरु र दृढ संकल्पित हुन्छन मानिसका मनहरु । साथी , एकताको सन्देश हो सहकारी समाज परिर्बतनको शुभारम्भ हो सहकारी । श्रमिक अनि गरिव मनहरुको आशाको अदिप्त शिखा हो सहकारी । आपm्नै स्वाभिमानमा बा...

फर्केर हेर्दा आफैलाई

चित्र
                   आस्था के.सी.   एकैछिन त म अलमल्ल परें कस्तो कस्तो भएँ,कुहिरोमा हराएको काग झैं भएँ । फूल बिनाको बाग झैं भएँ सुरताल नै नभएको राग झैं भएँ । बिगत सम्झिन खोजें, आफु को थिंए चिन्न खोजें आहिले म आफू उभिएको धरातल कहाँनेर पर्छ ठम्याउन खोजें । छिया छिया भएका मनका पत्र पत्रहरु पल्टाउंदै पानाहरु पढ्न खोजीरहें । सम्झें, आर्दशका बिम्बहरु सजाउदैं बेगिरहेको नदीमा म कसरी हाम फालेथेँ कुनै दिन । आँटिला सगरमाथाहरु अग्ल्याउंदै अग्ल्याउंदै साहसका फाँटहरु सम्याउदै सम्याउदै समयको घोडेदौडमा म कसरी कुदेथें कुनैदिन् । ओहो ! यी आँखाभित्रका परेलीहरुमा कत्ति रगिंन सपनाहरु अटाएथे । यो छातीभित्र ऋदयका गहिराईहरुमा कत्ति सुनौला तश्विरहरु कोरिएथे । हातमा हात राखेर एक अर्काको कत्ति अप्ठ्यारा जघांरहरु तरीएथ्यो, साथ लागेर यात्रामा संगसगैं कैंयौं भिमकाय पहाडहरु छिचोलिएथ्यो । देख्दैछु, समय टक्क रोकिए जस्तो आँट र साहसको सगरमाथा ढल्न लागे लागे जस्तो आर्दशकाा बिम्बहरु र्घुमैला र्घुमैला भए झैं सपनाका रंगहरु फुगं उ...