सपनाहरुको बस्ती आस्था केसी सपनाहरु बिस्कुन जस्तै छरपष्ट छरिएका छन् । बिपनाहरु भर्खरै प्रेम टुटेको प्रेमि जस्तै उदास उदास छन् । कुरुप आँधी जस्तो यो समय भुँवरी उडाएर हरपल हरपल लखेटिरहन्छ मलाई गन्तब्य बिर्सिएको यात्री जस्तै बेसहारा बनेर बिरानो बस्तीमा कुदिरहेछु।।। बिचारहरु कतै धुलाम्य भएका छन् । सहयात्रीहरु कतै छुटेका छन् मालचरीको बथानबाट छुटेको चरा झैं एक्लो एक्लो बत्तिदैछु अचेल । चट्यांग जस्तो यो समय बेला कुबेला बिजुली चम्काउँछ । मनको भित्री तह नै हल्लाउने गरी बादल निर्दयी गर्जना गर्छ ।। बाटो हराएको अलपत्र बटुवा जस्तै अनिर्णयको बन्दी बनेर दोबाटोमा उभिईरहेछु ।।। दौडाहामा छु तर गन्तब्य बिर्सिएको छु । यात्रामा छु तर लक्ष्य हराएको छु । संगातीहरु कहाँनेर छुटे कुन्नी बेफुर्सद छु पछाडी फर्किन । आफु संग आफै बेखबर बनेर हिंडिरहेछु र पनि उहिं नेरै त छु ।। अपराधी जस्तो यो समय म संग लुकामारी खेलीरहन्छ । रंगीन मेरा कुमारी रह...
संदेश
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
रहर प्रिय मलाई आजन्म आजन्म तिम्रै भएर बाँच्ने रहर छ ।। समातेर तिम्रा मजबुत पाखुराहरु तिमी संगै यात्रा गरिरहने रहर छ । छोईएर तिमी संग हरपल हरपल आननदले भरिईरहने रहर छ । हेरेर तिम्रा एकजोडी आँखाहरुमा आफूलाई बिर्सिरहने रहर छ। हराएर तिम्रो न्यानो स्पर्शमा मदहोश कतै बरालिने रहर छ । साँच्चै तिम्रा पदचापहरु पछ्याउँदै पछ्याउँदै तिमी हिंडेकै बाटो हिंड्ने रहर छ । तिमीले शुरु गरेका गोरेटोका डोबहरु संगैं तिमीसित सम्याउने रहर छ । भरोसाको भर्यांग चढेर तिमीसंगैं सफलताको शिखर नापिरहने रहर छ । तिमी छौ र त यहाँ सबथोक छ । एउटा प्रिय सन्सार, मिलनको रमाईलो खुशी छ बिछोडमा अभाबको तिक्त पिडा छ । तिमी साथ हुँदाको चञ्चलता तिमी साथ नहुँदाको उदासीपन् । तिम्रो पखाईका एकएक गह्रौं पल प्रतिपलहरु । तिमी छौ र मात्र प्रेमको सघन र मिठो अनुभुति पनि छ । मलाई मेरा हरेक पलहरु रहरलाग्दो गरी जिउन रहर छ । प्रिय मलाई आजन्म आजन्म तिमी संगैं बाँच्ने रहर छ ।।।
आफ्नै गन्थन
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
हतारो छैन रे आस्थालाई July 21, 2013 | Filed under: साहित्य सिर्जना , स्रष्टासँग एकछिन | Posted by: janaubhar आस्था केसी साहित्यकार पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ? आख्यान क्षेत्रमा नयाँ पाइला चाल्दै गरेकी साहित्यकार उमा सुवेदीको चर्चित उपन्यास तोदा । तोदामा खास के रहेछ ? – तोदामा वैदेशिक रोजगारमा जाने नेपाली महिलाहरुले भोग्नुपरेका समस्याहरुको बारेमा लेखिएको छ । त्यसको साथसाथै विश्वको कुख्यात तानाशाह हिटलरले यहुदीहरुमाथि गरेको बर्बर दमनपछि त्यहाँका जनता खासगरी महिलाहरुमा परेको असरको बारेमा मार्मिक ढंगले लेखिएको छ । कुनै पनि देशमा कुनै पनि बहानामा गरिएको युद्धमा सबैभन्दा बढी महिलाहरु नै प्रभावित हुने गरेको कुरा तोदामा उल्लेख छ । कस्ता पुस्तक मन पराउनुहुन्छ ? – आख्यान र गैर आख्यान दुबै पढ्न मन पर्छ । कोठामा चामल सक्केको था ’ छैन , पुस्तक किन्न छोड्नुहुन्न रे ! – हाहाहा । ठ्याक्कै त्यही नै त नभनौं । के कुराचाहिँ सत्य हो भन...