संदेश

दाजुलाई पत्रको जवाफ: उद्वेलित आँसु थामिएन

चित्र
आदरणीय कुमार दाइ,  क्रान्तिकारी अभिवादन  आज २१ औं जनयुद्ध दिवस । जनयुद्धको शंखघोष भएको दिन । सत्ताको मूलधारबाट पाखा पारिएका गरीब, उत्पीडित, महिला, किसान, आदिवासी जनजाति, मधेसी, दलित र अरू धेरै जाति, वर्ग, क्षेत्रले आफ्नो मुक्तिको लागि जीवनमरणको लडाईंको श्रीगणेश गरेको दिन । तपार्इं लगायत मुक्तियुद्धका अथकित यात्रीहरूलाई जनयुद्ध दिवसको धेरै धेरै शुभकामना दिन चाहन्छु । तपार्इंले लेख्नुभएको पत्र पाएँ । एउटा उद्वेलनले भावुक बन्दै पत्र पढिसिध्याउँदासम्म आँखाबाट आँसु बगिरह्यो । पत्र पढेर सकेको केही बेरसम्म म चुपचाप रोइरहें । अनि केही बेरपछि उठें र तपाईंको पत्रको प्रतिउत्तर कसरी दिनेहोला भनेर सोच्न थालें । मेरो प्रिय दाजु, रुनु भनेको कुनै नराम्रो काम पक्कै होइन । म बरू नहाँसेर बाँच्न सकुँला । तर नरोएर बाँच्न सक्दिनँ ।  हामी बाँचिरहेको सामन्ती चिन्तनले ग्रस्त समाजले रुनुलाई नराम्रो अर्थमा चित्रित गरेको छ । तर दाइ, रुनु भनेको कमजोर हुनु होइन । मेरो हकमा त झन हुँदै होइन । जब रुन्छु, मभित्रको पीडा आँसु बनेर बाहिर निस्किन्छ । आफ्नो मन लागुन्जेल रुन्छु र आँसु पुछेर म आफूलाई एक...

जनयुद्धमा लागेकी बहिनीलाई दाजुको चिट्ठी

चित्र
प्यारी बहिनी आस्था, हृदयदेखिको मायासहित क्रान्तिकारी अभिवादन  आराम छु अनि सोही कामना गर्दछु । पार्टी शान्ति प्रक्रियामा आएपछिको लामो अन्तरालपछि केही समयअघि मात्र तिमीसँग लामो भलाकुसारी गर्ने मौका मिल्यो । धेरै कुरा त मैले तिमीलाई भेटमै भनिसकेको छु, तर केही विषय चाहिँ यो पत्रमार्फत सम्झाउने आवश्यकता ठानेर लेख्दैछु । तिमीलाई लाग्न सक्छ, फोन इमेलको यस जमानामा यो चिट्ठी किन लेखेको होला रु मलाई लाग्छ, यसको आवश्यकता अहिले निकै बढेर गएको छ । नेपाली समाज रूपान्तरणको यस महान अभियानमा हजारौं लाखौं दाजुभाइ तथा दिदीबहिनीहरूको सामूहिक योगदान छ । आज ती सबै कताकता अलमलिएका, आफैंभित्र हराएका र जनयुद्धमा आफूले गरेको योगदानमा गर्व गर्नुको साटो त्यसप्रति पीडाबोध गरिरहेका जस्ता देखिन्छन् । हो, यो कुरा कतिपय हकमा सही छ कि लंका विजय गर्ने हनुमान् हो कि होइन भन्ने भ्रम पर्ने गरी ढेडु बाँदरले फेटा गुथेर हिँड्ने गरेको छ ।  नयाँ नयाँ जोगीहरूले आवश्यकताभन्दा बढी खरानी घसिरहेका छन् र उनीहरूले नै चर्कोसँग अलख निरञ्जन भट्याइरहेका छन् । त्यसमा हामीले पीडाबोध गर्ने वा आत्मग्लानि गर्ने होइन ...

संस्मरण : चिसो साँझसम्म साँखुलाई अँगाल्दा

चित्र
शनिबार बिहानै खाना खाएर निस्कँदै गर्दा दाइकी छोरी मेलिना कराई, ‘शनिबार पनि बिदा नहुने अफिसमा किन काम गर्नुहुन्छ दिदी ’ शनिबार घुमाउन लैजाउँला भनेर उसलाई अरू दिन फकाउँथे र होमवर्क गराउँथे, स्कूल पु¥याउँथेँ । शनिबार पनि झोला बोकेर म कस्सिएकी देखेर उसको रिस पोखिइहाल्यो । यता मेरो मन भने नेपालको प्राचीन र ऐतिहासिक सहर साँखुमा रिपोर्टिङका लागि जाने योजना बनेबाटै प्रफुल्ल थियो । सञ्चारिका समूहले प्रदान गर्ने ‘अन द जब ट्रेनिङ’को सिलसिलामा साँखुको रिपोर्टिङ ‘असाइन’ भएको थियो । त्यसैले मेलिनालाई अर्को शनिबारको भाका दिएर म निस्किएँ शंखमूलको डेराबाट । बानेश्वर पुगेर चाबहिल जाने माइक्रोमा कोचिएँ । नयाँ ठाउँमा जाने कुराले मलाई अलि बढी उत्साहित बनाउँछ । त्यसैले साँखुको कल्पनाचित्र मनमा खेलाउँदा–खेलाउँदै सह–चालक भाइको आवाजले झस्किएँ, ‘ल, चाबेल झर्नेजति ओर्लिनुस् ।’ ओर्लिएर पारिपट्टी गएर साँखु जाने गाडी पर्खिएँ । १० मिनेट जतिको प्रतीक्षापछि एउटा थोत्रो–थोत्रो लामो बस आइपुग्यो । सह–चालक भाइले गाडी जाने ठाउँजतिको नाम भनिभ्यायो– बौद्ध, जोरपाटी‘ ‘ । म हतारिँदै गाडी चढेँ र एउटा सिटमा कोच्चिएँ । क...

प्रतिक्षा

तिम्रो प्रतिक्षा गर्दागर्दै बगेर गयो बैंशालु उमेर । जमे आँशुका दहहरु, म रुदाँ रुदाँ लेघ्रो बसिसकेछ, परेलीमुनि । फेरी पनि मायाँलु म तिमीलाई पर्खेर बसेकी छु । म तिमी आउने बाटो हेरेर बसेकी छु ।। बर्षौं पहिले, मेरो कुमारी मनभित्र जसरी स्थापित भएथ्यो तिम्रो आदिम सौन्दर्य । मैले सबैभन्दा पहिले देखेको तिम्रो मायावी स्वरुप । मैले तिमीलाई गरेको पहिलो विश्वास, मलाई तिमीसँग भएको पहिलो प्रेमको अनुभुति । जतन गरेर राखेकी छु आज पनि चोखो मायाँले भरिएका तिम्रा सुन्दर यादहरु । म त्यहींनेर छु । जहाँ तिमीले मलाई उभिनु भनेर गएका थियौ । म नआउञ्जेल पर्खिरहनु, नथाक्नु, हरेश नखानु छायाहरुसँग तर्सेर आफ्नो सातो नगुमाउनु । र्हुहुरे बतासले कसिंगर ल्याएर आँखामा हुत्याईदिन सक्छ । आँधीे भुमरी भएर उडाउला उडाउला जस्तो हुनसक्छ । आँखाको कशलाई बरु आँशुले बगाउनु । सतिशाल जस्तो भएर उभिरहनु, नहल्लिनु म अबश्य आउनेछु । मलाई अन्तिम घडीसम्म पर्खिरहनु भनेर गएका थियौ तिमी प्रति त्यो बेलाको मेरो सम्पूर्ण समपर्ण मेरो हृदयमा बढेको गति मेरा आँखामा चम्किएको आत्मबिश्वास । मेरो मुहारमा भरिएको आभा मेरो छातिमा पौडिईरह...
जवाफ                                               आस्था केसी टक्क रोकिए हुन्थ्यो यो सिरसिर बहिरहेको पवन । यो निष्ठूरी समय र यो मेरो मन् ।। तिमी नजिकै छौ र पनि कति टाढा छौ । खोजिरहन्छ मन् हरपल हरपल तिम्रै निकटताको मिठो एहसास ।। बगिरहेको यो कञ्चन पानी जस्तै बहिरहेको यो निर्मल हावा जस्तै हलुका पारेर आफूलाई रित्तो रित्तो हुन मन् छ रित्ताएर आफूलाई यतैकतै तिमीभित्रै पूनः भरिन मन लागेको छ ।। तिम्रो यति प्रिय सानिध्यतामा पनि किन मन भागिरहन्छ आफै संग तिमीबाट टाढा भागेर पनि फेरी किन खोजिरहन्छ तिम्रै सामिप्य ? जवाफ खोज्दा खोज्दा आजित छु । निष्ठूरी मलाई माफ गर के तिमी संग यसको जवाफ छ ? समाप्त
चित्र
सपनाहरुको बस्ती                                       आस्था केसी सपनाहरु बिस्कुन जस्तै छरपष्ट छरिएका छन् । बिपनाहरु भर्खरै प्रेम टुटेको प्रेमि जस्तै उदास उदास छन् । कुरुप आँधी जस्तो यो समय भुँवरी उडाएर हरपल हरपल लखेटिरहन्छ मलाई गन्तब्य बिर्सिएको यात्री जस्तै बेसहारा बनेर बिरानो बस्तीमा कुदिरहेछु।।। बिचारहरु कतै धुलाम्य भएका छन् । सहयात्रीहरु कतै छुटेका छन् मालचरीको बथानबाट छुटेको चरा झैं एक्लो एक्लो बत्तिदैछु अचेल । चट्यांग जस्तो यो समय बेला कुबेला बिजुली चम्काउँछ । मनको भित्री तह नै हल्लाउने गरी बादल निर्दयी गर्जना गर्छ ।। बाटो हराएको अलपत्र बटुवा जस्तै अनिर्णयको बन्दी बनेर दोबाटोमा उभिईरहेछु ।।। दौडाहामा छु तर गन्तब्य बिर्सिएको छु । यात्रामा छु तर लक्ष्य हराएको छु । संगातीहरु कहाँनेर छुटे कुन्नी बेफुर्सद छु पछाडी फर्किन । आफु संग आफै बेखबर बनेर हिंडिरहेछु र पनि उहिं नेरै त छु ।। अपराधी जस्तो यो समय म संग लुकामारी खेलीरहन्छ । रंगीन मेरा कुमारी रह...
चित्र
रहर प्रिय मलाई आजन्म आजन्म तिम्रै भएर बाँच्ने रहर छ ।। समातेर तिम्रा मजबुत पाखुराहरु तिमी संगै यात्रा गरिरहने रहर छ । छोईएर तिमी संग हरपल हरपल आननदले भरिईरहने रहर छ । हेरेर तिम्रा एकजोडी आँखाहरुमा आफूलाई बिर्सिरहने रहर छ। हराएर तिम्रो न्यानो स्पर्शमा मदहोश कतै बरालिने रहर छ । साँच्चै तिम्रा पदचापहरु पछ्याउँदै पछ्याउँदै तिमी हिंडेकै बाटो हिंड्ने रहर छ । तिमीले शुरु गरेका गोरेटोका डोबहरु संगैं तिमीसित सम्याउने रहर छ । भरोसाको भर्यांग चढेर तिमीसंगैं सफलताको शिखर नापिरहने रहर छ । तिमी छौ र त यहाँ सबथोक छ । एउटा प्रिय सन्सार, मिलनको रमाईलो खुशी छ बिछोडमा अभाबको तिक्त पिडा छ । तिमी साथ हुँदाको चञ्चलता तिमी साथ नहुँदाको उदासीपन् । तिम्रो पखाईका एकएक गह्रौं पल प्रतिपलहरु । तिमी छौ र मात्र प्रेमको सघन र मिठो अनुभुति पनि छ । मलाई मेरा हरेक पलहरु रहरलाग्दो गरी जिउन रहर छ । प्रिय मलाई आजन्म आजन्म तिमी संगैं बाँच्ने रहर छ ।।।