संदेश

एउटा चित्रमय शुरुवात

चित्र
त्यतिवेला म गुल्मीको एरिया सेक्रेटरीका रुपमा कार्यरत थिएँ । एकदिन पार्टीको कामकै शिलशिलामा पश्चिम गुल्मीको अर्खावाङ्ग जानुपर्ने भयो । त्यहाँ बिशेष क्षेत्रवाट स्कुलिङ्ग विभागमा कार्यरत ६ जना कमरेडहरु आउनुभएको रहेछ । रोल्पा, रुकुम, सल्यान, प्युठान, दांग, अर्घाखाँची, कपिलबस्तु र गुल्मी गरी आठ जिल्ला मिलाएर बिशेष क्षेत्र बनाइएको थियो ।  आधार इलाका र प्रचार इलाकालाई मिलाएर बनाइएको बिशेष क्षेत्रमा कार्यकर्ताहरुको राजनैतिक र बैचारिक स्तर बृद्धिका लागि सो क्षेत्रको राजनैतिक व्यूरोले प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । सोही योजना अनुसार हामीलाई प्रशिक्षण दिनका लागि कामरेड विश्वास लगायतको क्षेत्रिय स्कुलिंग टिम गुल्मी आइपुगेको थियो ।  टिममा सल्यानका क.तिलक मल्ल क्षितिजको नेतृत्वमा प्युठानका क.वादलसिंह, दाङ्गका क.विश्वास, रुकुमका क.मुस्कान, रुकुमकै क.सौभाग्य र गुल्मीका क.मनोज गरी छ जना थिए । उहाँहरु खाना खान जान लाग्दा मैले सरसर्ती त्यो टोलीलाइ हेरेँ । मलाइ क. विश्वाससँग खास रुची लागिरहेको थियो । विश्वास भन्ने नामले मलाइ आकर्षित गरिरहेको थियो ।  त्यहाँ चिनाजानी ग...

संस्मरणः जनसरकारमा हालेको उजुरी

हामीले गुल्मी जिल्लामा भर्खरै एउटा स्क्वायडको घोषणा गरेका थियौं । २०५७ सालमा भएको पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले पार्टीमा सेना निर्माण गर्ने महत्वर्पूण निर्णय गरेको थियो। हाम्रो जिल्लाका नेता हिम्मत बराल मगर (कमरेड ध्रुव) राष्ट्रिय सम्मेलन पश्चात जनमुक्ति सेनाको तालमि प्राप्त गरी कम्पनी घोषणा कार्यक्रममा सहभागी भएर भर्खरै जिल्ला फर्किनुभएको थियो। उहाँले हामीलाइ शैन्य तालिम गराउनु हुन्थ्यो । विहानै झिसमिसेमा उठेर हामी रनिङ्ग गथर््यौ । तालमा ताल मिलाउँदै कहिले जनसेना आयो , जनसेना आयो भन्दै दौडिरहेका हुन्थ्यौं । कहिले एक — दुइ — एक , एक — दुइ — एक , एक — दुइ — एक भन्दै पाइलामा पाइला मिलाएर दौडिरहेका हुन्थ्यौं । यसोगर्दा हामी धेरै जना परेड खेलिरहेको आवाजले त्यो सुनौलो बिहानीमा एउटा अचम्मलाग्दो संगीत पैदागरिरहेको हुन्थ्यो। यसरी दौडिदा श्वास बढ्थ्यो । मुटु जोडजोडले धड्किन्थ्यो । हामीलाइ दौडिन कठिन हुन्थ्यो । तैपनि हाम्रो कमाण्डरले हामीलाइ काशन गरिरहन्थे । हामी यो सिंगो धर्तीका मानव जातिको मुक्तिका लागि लडिरहेका छौं भन्दै हातमा थ्रिनट थ्रि बोकेका कमाण्डरले जव हामीलाई काशन गर्न था...

हाम्रो बर्ग नै फरक परिसकेको रहेछ

आदरणीय दाजु ‘समीर’ सादर नमस्कार । दाजु समयको एउटा अन्तरालपछि आज आफ्नो दिल खोलेर तपाईको नाँउमा यो पत्र कोर्ने हिम्मत जुटाएकी छु। पत्रमा अनर्थ लाग्ने केही लेखिएछ भने क्षमा गरिदिनुहोला। अञ्जुलीको पानी जस्तै थोपा थोपा बगेर जाने समयलाई रोक्न सक्दी हुँ त म घडीमा टिकटिक गर्ने सुईलाई १५ बर्ष अगाडि पुर्याईदिने थिँए । जहाँ मेरो चञ्चले यौवनकाल थियो । मेरा निर्दोष कुमारी रहरहरु थिए । जामाभरी भरी स साना ढुंगा बटुलेर चारी खेल्दै म लेकका चौरहरुमा बाख्रा चराईरहेकी हुँदी हुँ । बारीका कान्लाहरुमा घाँस काटिरहेकी हुँदी हुँ । स्कुलबाट फर्किएपछि आमाले भुटिदिएको मकै र भट्ट फ्रकको गोजीमा राखेर पर धारामा पानी लिन जाँदी हुँ र एकछिन साथीहरुसँग चुन्नी या राज्य केही खेल्न पनि पाउँदी हुँ । दैलामुनिको तरकारीबारीबाट सिप्चना टिपेर तरकारी बनाउन आमालाई सघाउँदी पनि हुँ । तर बितेर जाने समयलाई कसले पो रोक्न सक्छ र । केवल आफ्ना गल्तीको महशुष गरेर ऐठन परेको मुटुलाई जर्बजस्ती सम्हाल्दै अगाडि बढ्नुको बिकल्प कसैसँग पनि त हुँदैन । यात्राका यि अनबरत पहाडहरु चढिरहँदा समयको घोडेदौडमा पराजित भएकाहरु उठेर हिंड्ने साहस गर्न स...

पुग्नु त धेरै पर छ नि है!

चित्र
प्रिया , हृदयको उदासीलाई शब्दहरूमा बेह्री पठाएको छु , खोलेर हेर । आज धेरै दिनपछि तिमीलाई पत्र लेख्न बसेको छु। मलाई थाहा छ , धेरै लेख्नु अहिले मेरो वशको कुरा होइन। मसँग लेख्नका लागि त्यस्ता अनुभूति नै कहाँ छन् र । सबै कोमामा गइसकेका छन्। जीवनका उदास क्षणहरूलाई शब्दमा उतार्नु पनि त निकै गाह्रो कुरा रहेछ। तर पनि तिमीलाई पत्र नलेखेका दिनमा मेरो मनमा तैरिएका भावनाको खात कतै पानीको फिंजझैं आकार ग्रहण गर्दै शून्यमा बिलाएका छन्। यो कुराको पीडा मलाई जीवनभर कतै न कतै त दुख्छ नि । त्यसैले सम्झिएको छु। आखिर , अनेक झमेलाका बीच , अनेक सम्बन्धका बीच , अनेक आशा र निराशाको बीच तिमी पनि त मलाई सम्झिरहेकी हुन्छ्यौ। मैले कुनै दिन भनेको थिएँ , कसैको अँगालोमा रून मन लाग्छ भने त्यो नै सबैभन्दा प्रिय साथी हो। र , त्यो तिम्रो लागि म र मेरो लागि तिमी हौ। शायद , यो जीवनमा अब त्यस्तो साथी खोज्नुमा हामी जति भौंतारिए पनि पाउन सक्दैनौं। यो भावनाको लागि तिम्रो र मेरो भोगाइ उस्तै उस्तै पाउँछु।कता – कता तिमीलाई भेटेपछि कति आँसु आँखाबाटै बिलाउँछन्। यो पनि त पीडा कम हुनुको उदाहरण हो। यदि उर्लिएरै आए प...