संदेश

शहीद चुनु गुरुङकाे क्रान्तिकारी गीत - जलजला

चित्र
तिम्रै निम्ति बरु याे ज्यान गए गैजाला । तिमीसँग गहिराे माया बस्याे जलजला ।  बर्गिय मायाले बाँधीराखुला दुश्मनकाे नजरवाट लुकाइराखुला ।  लुकामारी गर्दै खतम गरी दुश्मनलाइ  बिजयकाे टिका लगाइ आउँला बरिलै बिजयकाे टिका लगाइ आउँला बरिलै

पत्रकारिता एक सानाे परिचय

Aastha kc from Aasthakc5

शालिक ढाल्दैमा विचार ढल्दैन

चित्र
‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्तिका नायक लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा राज्यमा भने डोजर लगाएर उनको शालिक ढालिएको छ । विगत २५ वर्षदेखि भारतीय कम्युनिष्ट पार्टी (सिपिआई एम) को सरकार रहेको त्रिपुरामा पाँच वर्षअगाडि मात्र लेनिनको शालिक निर्माण गरिएको थियो । सन् २०१३ मा स्थानीय कलाकार कृष्ण देवनाथले लेनिनको उक्त शालिक निर्माण गरेका थिए । भारतीय जनता पार्टी ९बिजेपी०का कार्यकर्ता र समर्थकले चुनाव जितेको उन्मादमा विश्वभरिकै कम्युनिस्ट पार्टीका आदर्श लेनिनको शालिकमा डोजर लगाएका हुन् । दक्षिण त्रिपुरामा पर्ने बेलोनियास्थित लेनिनको अग्लो शालिकमा डोजर लगाउनुअघि बिजेपीका कार्यकर्ताले ड्राइभरलाई मात्ने गरी मादक पदार्थ सेवन गराएका थिए । Aastha kc त्रिपुरामा भारतीय जनता पार्टीले चुनाव जितेको ४...

एउटा चित्रमय शुरुवात

चित्र
त्यतिवेला म गुल्मीको एरिया सेक्रेटरीका रुपमा कार्यरत थिएँ । एकदिन पार्टीको कामकै शिलशिलामा पश्चिम गुल्मीको अर्खावाङ्ग जानुपर्ने भयो । त्यहाँ बिशेष क्षेत्रवाट स्कुलिङ्ग विभागमा कार्यरत ६ जना कमरेडहरु आउनुभएको रहेछ । रोल्पा, रुकुम, सल्यान, प्युठान, दांग, अर्घाखाँची, कपिलबस्तु र गुल्मी गरी आठ जिल्ला मिलाएर बिशेष क्षेत्र बनाइएको थियो ।  आधार इलाका र प्रचार इलाकालाई मिलाएर बनाइएको बिशेष क्षेत्रमा कार्यकर्ताहरुको राजनैतिक र बैचारिक स्तर बृद्धिका लागि सो क्षेत्रको राजनैतिक व्यूरोले प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । सोही योजना अनुसार हामीलाई प्रशिक्षण दिनका लागि कामरेड विश्वास लगायतको क्षेत्रिय स्कुलिंग टिम गुल्मी आइपुगेको थियो ।  टिममा सल्यानका क.तिलक मल्ल क्षितिजको नेतृत्वमा प्युठानका क.वादलसिंह, दाङ्गका क.विश्वास, रुकुमका क.मुस्कान, रुकुमकै क.सौभाग्य र गुल्मीका क.मनोज गरी छ जना थिए । उहाँहरु खाना खान जान लाग्दा मैले सरसर्ती त्यो टोलीलाइ हेरेँ । मलाइ क. विश्वाससँग खास रुची लागिरहेको थियो । विश्वास भन्ने नामले मलाइ आकर्षित गरिरहेको थियो ।  त्यहाँ चिनाजानी ग...

संस्मरणः जनसरकारमा हालेको उजुरी

हामीले गुल्मी जिल्लामा भर्खरै एउटा स्क्वायडको घोषणा गरेका थियौं । २०५७ सालमा भएको पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले पार्टीमा सेना निर्माण गर्ने महत्वर्पूण निर्णय गरेको थियो। हाम्रो जिल्लाका नेता हिम्मत बराल मगर (कमरेड ध्रुव) राष्ट्रिय सम्मेलन पश्चात जनमुक्ति सेनाको तालमि प्राप्त गरी कम्पनी घोषणा कार्यक्रममा सहभागी भएर भर्खरै जिल्ला फर्किनुभएको थियो। उहाँले हामीलाइ शैन्य तालिम गराउनु हुन्थ्यो । विहानै झिसमिसेमा उठेर हामी रनिङ्ग गथर््यौ । तालमा ताल मिलाउँदै कहिले जनसेना आयो , जनसेना आयो भन्दै दौडिरहेका हुन्थ्यौं । कहिले एक — दुइ — एक , एक — दुइ — एक , एक — दुइ — एक भन्दै पाइलामा पाइला मिलाएर दौडिरहेका हुन्थ्यौं । यसोगर्दा हामी धेरै जना परेड खेलिरहेको आवाजले त्यो सुनौलो बिहानीमा एउटा अचम्मलाग्दो संगीत पैदागरिरहेको हुन्थ्यो। यसरी दौडिदा श्वास बढ्थ्यो । मुटु जोडजोडले धड्किन्थ्यो । हामीलाइ दौडिन कठिन हुन्थ्यो । तैपनि हाम्रो कमाण्डरले हामीलाइ काशन गरिरहन्थे । हामी यो सिंगो धर्तीका मानव जातिको मुक्तिका लागि लडिरहेका छौं भन्दै हातमा थ्रिनट थ्रि बोकेका कमाण्डरले जव हामीलाई काशन गर्न था...