संदेश

जनवरी, 2013 की पोस्ट दिखाई जा रही हैं

एकथरीको प्रशंसा अर्काथरीलाई चाहिँ जेल ?

यो रक्तरञ्जित ईतिहासलाई नर्बिसौं साथीहरु । हामी सोझो बाटोबाट होईन निकै बांगोटिंगो बाटो हुंदै यहाँसम्म आईपुगेका छौं । पत्रकार डेकेन्द्र थापाको बिषयमा मात्र होईन । यो सिंगो देशको संक्रमणकालिन अवस्था प्रति सम्बेदनशील बनौं । नेपाली कांग्रेसले वीपी कोइरालालाई महामानव मान्दै आएको छ । कांग्रेसले मात्रै होइन, अन्य दलका नेताले पनि वीपीलाई आदर्श नेता मान्छन् । सन्त नेता भनिएका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उदयपुरतिर बन्दुक बोकेर हिँडेको विषयलाई महानताका रुपमा लोकतन्त्रवादीहरुले चर्चा गर्छन् । जिल्ला अदालत झापामा रहेको ज्यान मुद्दा फिर्ता लिएर फुर्सद पाएका झापा आन्दोलनका अगुवा सीपी मैनालीलाई पनि अहिले कसैले हत्यारा भन्दैन ।

महिलामाथिको हिंसा कहिलेसम्म ?

मकवानपुरको उत्तरी गोगने–५ का प्रेम बहादुर मोक्तानले यौनसम्पर्क गर्न नपाएको रिसमा पत्नी बिबिमायाको विभत्स हत्या गरे । सँगै मर्ने, बाँच्ने कसम खाएका दुःखसुखका साथी भन्नेले नै यौनसम्पर्क गर्न नदिएको झोंकमा कपालमा समातेर भुँईमा टाउको ठोकी–ठोकी हत्या गरेर मात्र नपुगी श्रीमतीको लासलाई डोकोमा बोकी भीरबाट फालिदिए । तीन बर्षअघि घरेलु कामदारको रुपमा साउदी अरब पुगेकी भोजपुरकी युवती गत मंसिर ४ गते काठमाडौंको अति व्यस्त बागबजारस्थित लजमा बर्दीधारी सिपाहीबाट पटक–पटक बलात्कृत भइन् । उनले विदेशबाट कमाएर ल्याएको रकमसमेत अध्यागमनका कर्मचारी मिलेर लुटिदिए । बर्दियाकी शिवा हासमी आफूले प्रेम गरेको युवकसँग बिहे गर्न पाउनुपर्ने अडानकै कारण आफ्नै बुबा र दाजु भनाउँदा आफन्तहरुबाट ज्यूँदै जलाइन पुगिन् । बाँच्नको लागि अस्पतालको बेडमा जीवन र मृत्युसँग संघर्ष गर्दागर्दै अन्ततः केही दिनपछि उनी जीवनसँग हारिन् । उनको मृत्यु हुन पुग्यो । बाराकी विन्दु ठाकुरको जलाएर बिभत्स तरिकाले हत्या गरियो । एसएलसीको तयारी गरिरहेकी बिन्दुलाई आफ्नै बुवाले हत्या गरेको भन्ने कुरा बाहिर आएको छ । उनको हत्या किन गरिएको हो भन्ने कारण अ

बन्ला त नयाँ पार्टी महाधिवेशनबाट ?

विगत दश बर्षको महान जनयुद्ध र दोस्रो जनआन्दोलनपछि छ बर्षे शान्ति प्रकृयाबाट अघि बढिरहेको एकीकृत नेकपा माओवादीको महाधिवेशन अब नजिकिदै आइरहेको छ । करिब २३ बर्षको लामो अन्तरालपछि माघ २० गतेदेखि मकवानपुरको हेटौंडामा शुरु हुने भनिएको महाधिवेशनको तयारीको कामलाई तीव्रता दिइएको भएपनि कतै यो औपचारितामा मात्र सीमित हुने त होइन भन्ने आशंका कार्यकर्ता र जनतामाझ उत्पन्न भएको छ । संविधानसभाको अवसानपछि देशमा देखापरेको राजनैतिक संकट, दलहरु, सरकार र राष्ट्रपतिका बीचको बढ्दो बेमेल, आगामी बैशाखमा गरिने भनिएको नयाँ निर्वाचनजस्ता कुराले तोकिएको मितिमा महाधिवेशन हुन सक्दैन कि भन्ने कार्यकर्ता स्तरको आँकलन अस्वाभाविक पनि छैन । मुलुकमा उत्पन्न राजनीतिक संकटका बीच हुन थालेको महाधिवेशनले पार्टीको आगामी कार्यदिशा तय गर्छ र कार्यक्रम कस्तो ल्याउँछ भन्ने जिज्ञासा पनि कार्यकर्तापंक्तिमा उत्पन्न हुनु स्वभाविकै छ ।   उसो त एकीकृत माओवादीले महाधिवेशनको लागि सांगठनिक तयारीलाई तीव्र बनाउँदै गाउँ तथा नगरका सम्मेलनहरु गरिसकेको छ भने जिल्ला सम्मेलनको तयारीमा जुटेको छ । त्यस्तै जनवर्गीय संगठनहरुका सम्मेलन र अधिवेशनहरु प