Wednesday, July 3, 2013

सपना

 
                                                                                   आस्था केसी
सपना देख्नुपर्छ साथी
सपना आकाश जस्तै बिशाल फैलिनुपर्छ
सपना दुबो जस्तै छपक्कै मौलाउनुपर्छ

सपना धर्ती जस्तै महान बन्नुपर्छ
सपना जीबन बन्नुपर्छ साथी
जीबन सपनाहरुको बहार बन्नुपर्छ ।।

सपना नदी जस्तै मूलप्रवाह बहनुपर्छ
सपना हावा जस्तै अबिश्रान्त चल्नुपर्छ

आफ्नो सपना संग डराउनेहरु
आफ्नै छाँया संग डराईरहन्छन् 
र उनिहरु कहिल्यै पनि
सपनाको आर्दशमा चल्न सक्तैनन् ।

सपना त जीबनको आदर्श बन्नुपर्छ साथी
जीबनको आदर्श नै सुन्दर सपना बन्नुपर्छ ।

सपना सगरमाथा जस्तै अग्लो ठडिनुपर्छ
सपना पहाड सरी अबिचल उभिनुपर्छ ।
सपना आशा बन्नुपर्छ, रहर बन्नुपर्छ

सपना त गतिशिल समय जस्तै हो साथी
गतिशिल समय जस्तै सपना बन्नुपर्छ ।

2063-5-2
ghorahi

फस्टाउदैं ब्याबसायिक गाई पालन

                 आस्था केसी,दांग,

तिन बर्ष अगाडी आफ्ना साथीभाईले बिदेश जानको लागी पासपोर्ट बनाईरहदा देउखुरीको लालमटिया गाबिस ७ का शोभाखर भुषाल भने जर्सी गाई किन्न चितवनको गीतानगर आउजाउ गरिरहेका थिए । अरुहरुले बैदेशिक रोजगारलाई मात्र जिबिकाको माध्यम सोचिरहदा २७ बर्षिय लक्का जवान यी युवाले  भने गाँउघरमै केही गरेर जीबिका चलाउने कामको बारेमा सोच्दै थिए ।
 

चितवनको गीतानगर बाट प्रति गाई ४० हजार देखी ७३ हजार रुपैयाँ सम्ममा ४ जर्सी गाई र २ हलेष्टाईन गाई गरी जम्मा ६ वटा गाई ल्याएर ब्याबसायिक रुपमा गाईपालन शुरु गरेका भुषालको गोठमा अहिले बाच्छी सहित १२ वटा गाई भैसकेका छन् ।
 

प्रति लिटर ४५ रुपैयाँको दरमा प्रति दिन ५० लिटर दुध बेचेर २२५० रुपैंया आम्दानी गर्छन् उनि । दुध बेचेरै दुई छोरीलाई बोर्डिंग स्कुल पढाएका छन् भने  ५ जनाको परिवार सजिलो संग चलाएका छन् । उसो त गाईको दाना र घाँसमा पनि उत्तिकै खर्च हुन्छ । अहिले सम्म नाफा घाटा बराबर नै छ । ६ गाईबाट जन्मेका ६ बाच्छीहरुलाई  नै चोखो नाफा मान्छन् उनि ।
 

२०६७ सालको असार महिनामा छ लाख रुपंैयाको लगानीमा गाईपालन शुरु गरेका भुषालको सफलता देखेर उनको देखासिकी गर्दै अहिले लालमटिया र सिसहनियामा मात्रै १० वटा ब्याबसायिक गाईर्फम शुरु भएका छन् । गाईको गोबरलाई  खाना पकाउने गोबर ग्याँसको रुपमा प्रयोग गरेका उनले बाँकी बचेको गोबरलाई मलको रुपमा प्रयोग गर्ने गरेका छन् ।
 


उनि अहिले गाँउको उदाहरणीय ब्यक्ति बनेका छन् । उनको कामको प्रोत्साहन स्वरुप लालमटिया गाबिस कार्यालयले १५००० रुपैंया प्रदान गर्न लागेको छ । गाईको नश्ल सुधार गर्नको लागी यो रकम दिन लागिएको लालमटिया गाबिसका सचिब टेक बहादुर खड्काले बताए ।
 

दक्ष प्राबिधिकहरु नहुनु,दानाहरु असाध्यै महंगो हुनु र गाईको मोलले पनि आकाश छोएकाले गर्दा सजिलै जो सुकैले गाई पाल्ने आँट गर्न नसकेको भुषालको भनाई छ ।  त्यसैगरी हाम्रो देश कृषि प्रधान देश भए पनि किसान स्वयंले उत्पादन लागत राम्रो पाउन नसक्दा किसानको जीवनस्तर कहिल्यै माथी उठ्न नसकेको भुषालको गुनासो छ । 

एउटा ब्यापारीले एक दुई बर्षमै आफ्नो जीबनस्तर उकास्न सक्ने तर एउटा किसानले बर्षैं बर्ष काममा लाग्दा पनि उसको जीबनस्तर जस्ताको तस्तै रहने गरेको तथ्य पनि उनले देखेका छन् ।  किसानको जीबनस्तर उकास्नको लागी उत्पादन लागत को नीतिमा जोड दिन सके कुषि पेशा अगांलेरै गाँउ परिबर्तन गर्न सकिने भुषालको बिश्वास छ ।



नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...