Thursday, January 10, 2013

एकथरीको प्रशंसा अर्काथरीलाई चाहिँ जेल ?

यो रक्तरञ्जित ईतिहासलाई नर्बिसौं साथीहरु । हामी सोझो बाटोबाट होईन निकै बांगोटिंगो बाटो हुंदै यहाँसम्म आईपुगेका छौं । पत्रकार डेकेन्द्र थापाको बिषयमा मात्र होईन । यो सिंगो देशको संक्रमणकालिन अवस्था प्रति सम्बेदनशील बनौं ।

नेपाली कांग्रेसले वीपी कोइरालालाई महामानव मान्दै आएको छ । कांग्रेसले मात्रै होइन, अन्य दलका नेताले पनि वीपीलाई आदर्श नेता मान्छन् । सन्त नेता भनिएका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उदयपुरतिर बन्दुक बोकेर हिँडेको विषयलाई महानताका रुपमा लोकतन्त्रवादीहरुले चर्चा गर्छन् । जिल्ला अदालत झापामा रहेको ज्यान मुद्दा फिर्ता लिएर फुर्सद पाएका झापा आन्दोलनका अगुवा सीपी मैनालीलाई पनि अहिले कसैले हत्यारा भन्दैन ।

महिलामाथिको हिंसा कहिलेसम्म ?

  • मकवानपुरको उत्तरी गोगने–५ का प्रेम बहादुर मोक्तानले यौनसम्पर्क गर्न नपाएको रिसमा पत्नी बिबिमायाको विभत्स हत्या गरे । सँगै मर्ने, बाँच्ने कसम खाएका दुःखसुखका साथी भन्नेले नै यौनसम्पर्क गर्न नदिएको झोंकमा कपालमा समातेर भुँईमा टाउको ठोकी–ठोकी हत्या गरेर मात्र नपुगी श्रीमतीको लासलाई डोकोमा बोकी भीरबाट फालिदिए ।
  • तीन बर्षअघि घरेलु कामदारको रुपमा साउदी अरब पुगेकी भोजपुरकी युवती गत मंसिर ४ गते काठमाडौंको अति व्यस्त बागबजारस्थित लजमा बर्दीधारी सिपाहीबाट पटक–पटक बलात्कृत भइन् । उनले विदेशबाट कमाएर ल्याएको रकमसमेत अध्यागमनका कर्मचारी मिलेर लुटिदिए ।
  • बर्दियाकी शिवा हासमी आफूले प्रेम गरेको युवकसँग बिहे गर्न पाउनुपर्ने अडानकै कारण आफ्नै बुबा र दाजु भनाउँदा आफन्तहरुबाट ज्यूँदै जलाइन पुगिन् । बाँच्नको लागि अस्पतालको बेडमा जीवन र मृत्युसँग संघर्ष गर्दागर्दै अन्ततः केही दिनपछि उनी जीवनसँग हारिन् । उनको मृत्यु हुन पुग्यो ।
  • बाराकी विन्दु ठाकुरको जलाएर बिभत्स तरिकाले हत्या गरियो । एसएलसीको तयारी गरिरहेकी बिन्दुलाई आफ्नै बुवाले हत्या गरेको भन्ने कुरा बाहिर आएको छ । उनको हत्या किन गरिएको हो भन्ने कारण अझै खुल्न सकेको छैन ।
  • देशैभरि महिला हिंसाविरुद्ध आन्दोलन चलिरहेको बेला पुस १९ गते बिहीबारका दिन झापाको दमकस्थित चिया बगानमा एक युवती सामूहिक बलात्कारको शिकार भइन् ।
  • यो आलेख लेख्दै गर्दा बारामै छ बर्षीया बालिका एक युवकद्वारा बलात्कृत भएको खबर सञ्चारमाध्यमहरुमा आइरहेको छ ।
यी सबै घटना त चर्चामा आएका केही प्रतिनिधि घटनामात्र हुन् । यी घटनाहरुलाई हेर्दा मात्र थाहा हुन्छ कि महिलामाथिको हिंसा घट्नुको साटो झन–झन बढ्दै गइरहेको छ । हाम्रो समाज महिलामाथि कति बर्बर र निर्दयी बन्दैछ भन्ने कुरा माथि उल्लेखित घटनाक्रमहरुले पनि पुष्टि गर्दछन् । महिलामाथि परको व्यक्तिले मात्र होइन आफ्नै घरका बुबा र दाजुहरुले समेत अमानवीय ढंगले हिंसा गरिरहेका छन् । देशैभरि दिनहुँजसो कतै न कतै महिलाहरु प्रताडित भइरहेका छन् । कतै श्रीमान्लाई रक्सी नखाऊ भनेकै आधारमा श्रीमतीहरु जलाइएका छन् त कतै यौनसम्पर्क गर्न नमानेकै कारण सनकका भरमा श्रीमानबाटै अनाहकमा मारिईएका छन्  । सामूहिक बलात्कारको त कुरै छाडौं आफ्नै दाजु, बाबु वा नजिकका आफन्तहरुबाटै ललाईफकाई यौन शोषणको शिकार हुनेहरु १६ बर्षमुनिका बालिकाहरु धेरै रहेका छन् ।

बन्ला त नयाँ पार्टी महाधिवेशनबाट ?

विगत दश बर्षको महान जनयुद्ध र दोस्रो जनआन्दोलनपछि छ बर्षे शान्ति प्रकृयाबाट अघि बढिरहेको एकीकृत नेकपा माओवादीको महाधिवेशन अब नजिकिदै आइरहेको छ । करिब २३ बर्षको लामो अन्तरालपछि माघ २० गतेदेखि मकवानपुरको हेटौंडामा शुरु हुने भनिएको महाधिवेशनको तयारीको कामलाई तीव्रता दिइएको भएपनि कतै यो औपचारितामा मात्र सीमित हुने त होइन भन्ने आशंका कार्यकर्ता र जनतामाझ उत्पन्न भएको छ । संविधानसभाको अवसानपछि देशमा देखापरेको राजनैतिक संकट, दलहरु, सरकार र राष्ट्रपतिका बीचको बढ्दो बेमेल, आगामी बैशाखमा गरिने भनिएको नयाँ निर्वाचनजस्ता कुराले तोकिएको मितिमा महाधिवेशन हुन सक्दैन कि भन्ने कार्यकर्ता स्तरको आँकलन अस्वाभाविक पनि छैन । मुलुकमा उत्पन्न राजनीतिक संकटका बीच हुन थालेको महाधिवेशनले पार्टीको आगामी कार्यदिशा तय गर्छ र कार्यक्रम कस्तो ल्याउँछ भन्ने जिज्ञासा पनि कार्यकर्तापंक्तिमा उत्पन्न हुनु स्वभाविकै छ ।
 
उसो त एकीकृत माओवादीले महाधिवेशनको लागि सांगठनिक तयारीलाई तीव्र बनाउँदै गाउँ तथा नगरका सम्मेलनहरु गरिसकेको छ भने जिल्ला सम्मेलनको तयारीमा जुटेको छ । त्यस्तै जनवर्गीय संगठनहरुका सम्मेलन र अधिवेशनहरु पनि चलिरहेका छन् । यो प्रक्रिया देशैभरि जारी रहेको छ । परिवर्तनका मुख्य एजेण्डाहरुलाई बोकेर दश बर्षको उथलपुथलकारी क्रान्तिको नेतृत्व गरेर ऐतिहासिक विरासत बोकेको सबैभन्दा ठूलो पार्टीको हैसियतले मात्रै होइन लाखौं जनता, हजारौं कार्यकर्ता र शुभचिन्तकहरुको आशा र भरोसाको पार्टी हुनुको नाताले महाधिवेशनबारे सबैको चासो बढ्नु पनि स्वभाविकै छ । र यसका बारेमा विभिन्न चर्चा परिचर्चा, विविधखाले अन्दाज र अनुमान हुनु पनि कुनै अनौठो कुरा भएन । दश वर्षको जनयुद्धको अवधिमा देश र जनताका खातिर आफ्नो ज्यानको आहुति दिएका १५ हजार शहीदका परिवारजन, सयौं बेपत्ताका आफन्तजन र सयौंको संख्यामा रहेका अपाङ्ग अनि घाइतेहरुलाई चित्त बुझाउने ढंगले पार्टी अगाडि बढ्न नसकिरहेको यथार्थ एकातिर छ भने अर्कोतिर क्रान्तिको मुख्य कार्यभारलाई बीचमै छाडेर पार्टी दक्षिणपन्थी बन्छ कि भन्ने चिन्ता छ ।  संशोधनवादको चक्करमा पार्टी फसिसक्यो भन्दै पार्टीभित्रका केही सहयात्रीहरुले पार्टीबाट अलग्एिको स्थिति भएपनि अहिलेसम्म फुटको औचित्य पुष्टि गर्न नसक्दा धेरै कार्यकर्तापंक्ति पुनः मुख्य पार्टीमै फर्किरहेको अवस्था छ । यो अवस्थामा परिवर्तन र न्यायप्रेमी जनता र कार्यकर्ताहरुले एकीकृत माओवादीको आसन्न महाधिवेशनलाई आशावादी नजरले हेरिरहेका छन् ।

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...