फाल्गुन १ अर्थात् जनयुद्ध दिवस ! महान जनयुद्ध उद्घोष भएको दिन, शोषितपीडित नेपालीहरुले मुक्तियुद्ध थालेको दिन ! सदियौंदेखि दमित लाखौं नेपालीहरुले एउटा संकल्पको शुरुवात गरेको दिन ! नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको आदर्श बिम्ब ! मुक्तिकामी जनताले बिर्सनै नसक्ने श्रद्धाको प्रिय दिन अर्थात सामन्तवाद र साम्राज्यवादको मुटु काँपेको दिन फाल्गुन १ । सामन्तवादी दासताको दाम्लो चुँडाल्दै स्वतन्त्रताको शंखघोष गरेको र महान सपनाहरुको अभ्यूदय भएको दिन फाल्गुन १ । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि फाल्गुन १ ले नेपाली धर्तीमा पाइला टेकेको छ र फागुन महिनाभरि यसले आफ्नो प्रभाव छाड्नेछ । विगतका बर्षहरुमा खुसी र उल्लास लिएर आउने यो महान पर्वले सधैंझैं यस बर्ष खुसी लिएर आउन सकेन । बरु फूट र विभाजनका असह्य पीडाहरुले फाल्गुन १ आफै छट्पटाइरह्यो । शहीदका सपनाहरु पूरा गर्नका लागि औपचारिक रुपमा कुनै प्रतिबद्धताहरु गरिएनन्, सडकहरुमा कुनै तुल, व्यानरहरु टाँगिएनन् र जनताका घर–घरमा दिपावली गरिएनन् । सधैंका बर्षहरु जस्तै यो बर्ष पनि फाल्गुन १ आयो र गयो । तर, सामान्य औपचारिकता निभाउनु शिवाय फ