हामीले हात मिलायौं
-[आस्था केसी] हावा जोड–जोडले चलिरहेछ । यो मौसम नै हावाहुरीको मौसम हो । स–साना रुखहरु हावाको झोक्कासँगै कहिले पूर्व कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिणतिर ढल्किदिन्छन् । लाग्छ ती स–साना रुखहरुले झुकेर कसैलाई अभिवादन गरिरहेछन् । ठूल्ठुला रुखका भने पातहरु मात्र फर्फराइरहन्छन् । जति ठूलो हावाको वेगले पनि तिनका विशाल हाँगाका स–साना झुप्पाहरुलाई मात्र हल्लाइदिन सक्छ । सिंगो रुख त ठिङ्ग उभिमात्र रहेछ । दिन बिस्तारै ढल्किरहेछ । पश्चिमी क्षितिज अनौठो आभाले चम्किरहेछ, अब केहीबेरमा नै त्यो अग्लो कालो पहाडले सूर्यको निलिमालाई बिस्तारै निलिदिनेछ र धर्तीमा अँध्यारोको साम्राज्य खडा हुनेछ । बिहान गुल्मी जिल्लालाई छाडेर प्यूठानको ठूलाबेशीबाट बसमा चढेका हामी दिन छिप्पिदा नछिप्पिदै प्यूठानको तिराममा आइपुगेका छौं । यो बाटोको लागि हामी अपरिचित छौं । दुवैजना आज पहिलो पटक यात्रा गर्दैछौं । रोल्पाकी साथी रेनुका र म । यो यात्राजस्तै नयाँ छ यो भूगोल, नयाँ छन् सहयात्रीहरु र विल्कुल नयाँ छ मेरो आफ्नै जीवनको निजी अनुभूति पनि । एउटा नयाँ अध्याय शुरु ह