जवाफ आस्था केसी टक्क रोकिए हुन्थ्यो यो सिरसिर बहिरहेको पवन । यो निष्ठूरी समय र यो मेरो मन् ।। तिमी नजिकै छौ र पनि कति टाढा छौ । खोजिरहन्छ मन् हरपल हरपल तिम्रै निकटताको मिठो एहसास ।। बगिरहेको यो कञ्चन पानी जस्तै बहिरहेको यो निर्मल हावा जस्तै हलुका पारेर आफूलाई रित्तो रित्तो हुन मन् छ रित्ताएर आफूलाई यतैकतै तिमीभित्रै पूनः भरिन मन लागेको छ ।। तिम्रो यति प्रिय सानिध्यतामा पनि किन मन भागिरहन्छ आफै संग तिमीबाट टाढा भागेर पनि फेरी किन खोजिरहन्छ तिम्रै सामिप्य ? जवाफ खोज्दा खोज्दा आजित छु । निष्ठूरी मलाई माफ गर के तिमी संग यसको जवाफ छ ? समाप्त
संदेश
सितंबर, 2014 की पोस्ट दिखाई जा रही हैं