संदेश

2012 की पोस्ट दिखाई जा रही हैं

भयावह छ अझैं महिलामाथिको हिंसा

समाजमा विद्यमान हज्जारौं वर्ष पुराना शोषण र विभेदहरुको तुलनामा महिलामाथिको हिंसा नै सबैभन्दा बढी व्यापक हिंसाको रुपमा रहेको छ । कुनै क्षेत्रविशेष, कुनै धर्मविशेष वा जातिविशेष जे भएपनि महिलामाथिको हिंसा व्यापकरुपमा छ र त्यो हिंसा नयाँ–नयाँ स्वरुपमा अभिव्यक्त पनि भइरहेको छ । सिंगो आकाशमध्ये आधा आकाशमा घाम लागिरहेको अवस्था छ भने आधा आकाशमा कालो बादल लागेको अवस्था छ । समाज २१ औं शताब्दीको मध्यतिर आइपुगेको छ, दुनियाँमा धेरै ठूला–ठूला परिवर्तन भएका छन् र ती सबै परिवर्तनहरु चाहे ती राजनैतिक परिवर्तन होऊन्, चाहे ती आर्थिक परिवर्तन होऊन, या सामान्य सामाजिक परिवर्तन होऊन, ती सबैमा महिलाहरुले निकै नै सक्रिय रुपमा आफ्नो सहभागिता जनाएका छन् । परिवर्तनका ती महत्वपूर्ण कदमहरुमा पुरुषहरुसँगसँगै काँधमा काँध मिलाएर अग्रपंक्तिमा सामेल हुने महिलाहरु अन्ततः आन्दोलनको उत्कर्ष र परिवर्तनको निष्कर्ष सँगसँगै पछाडि पर्छन् वा पारिन्छन् र कालान्तरमा उनीहरु जहाँको त्यही रहन पुगेको यथार्थता हाम्रा सामु दिनको घामजत्तिकै छर्लङ्ग छ ।

आफ्नै गन्थन (साहित्य, राजनीति, जीवन आदि/इत्यादि)

चित्र
                             प्रस्तुतिः भुवन देवकोटा आस्थाजी आरामै ?  हजुर आरामै छु । के काममा ब्यस्त हुनुहुन्छ आजभोलि ? प्रलेस र मदानी साहित्य समुहका कार्यक्रमहरुमा ब्यस्त छु । घर गृहस्थीमा पनि समय खर्चिनु परेको होला कस्तो छ घर व्यवहार ? म एक गृहिणी पनि भएकोले स्वभाबैले घर परिवारलाई समय दिनु पर्दछ । केही समय अगाडिदेखि पुस्तक र स्टेशनरीको पसल संचालन गरेकोले आजभोलि पसलमा अलि बढी नै समय दिदै आएकी छु । सिर्जनाका लागि कति समय छुट्याउनु हुन्छ एक दिनमा ? सिर्जनाकै लागि त्यस्तो दैनिक यत्ति समय भन्ने त छैन तर समय मिलेसम्म सिर्जना गर्नतिर लागिहाल्छु । आजकल लेख्ने भन्दा बढी पढ्ने कुरामा जोड दिएकी छु । पढ्दै गरेको नयाँ पुस्तकको नाम ? कबि श्यामलको हतारको यात्रा कबिता संग्रह र मनिषा गौचनको बल्लीको डायरी उपन्यास पढ्दैछु । दाङका साहित्यकार सूर्यनाथ सापकोटाको उपन्यास आगो भित्रको मान्छे पनि लाइनमा छ । कस्ता पुस्तक पढ्न मनपराउनु हुन्छ ? जीवन र जगतलाई नजिकबाट बुझ्न सहयोग गर्ने साहित्यिक पुस्तकहरु पढ्न राम्रो लाग्छ । मन पर्ने विधा ? कविता होस या आख्यान अथवा निबन्ध, सबै उत्तिकै मनपर्न