आफ्नै गन्थन (साहित्य, राजनीति, जीवन आदि/इत्यादि)
प्रस्तुतिः भुवन देवकोटा आस्थाजी आरामै ? हजुर आरामै छु । के काममा ब्यस्त हुनुहुन्छ आजभोलि ? प्रलेस र मदानी साहित्य समुहका कार्यक्रमहरुमा ब्यस्त छु । घर गृहस्थीमा पनि समय खर्चिनु परेको होला कस्तो छ घर व्यवहार ? म एक गृहिणी पनि भएकोले स्वभाबैले घर परिवारलाई समय दिनु पर्दछ । केही समय अगाडिदेखि पुस्तक र स्टेशनरीको पसल संचालन गरेकोले आजभोलि पसलमा अलि बढी नै समय दिदै आएकी छु । सिर्जनाका लागि कति समय छुट्याउनु हुन्छ एक दिनमा ? सिर्जनाकै लागि त्यस्तो दैनिक यत्ति समय भन्ने त छैन तर समय मिलेसम्म सिर्जना गर्नतिर लागिहाल्छु । आजकल लेख्ने भन्दा बढी पढ्ने कुरामा जोड दिएकी छु । पढ्दै गरेको नयाँ पुस्तकको नाम ? कबि श्यामलको हतारको यात्रा कबिता संग्रह र मनिषा गौचनको बल्लीको डायरी उपन्यास पढ्दैछु । दाङका साहित्यकार सूर्यनाथ सापकोटाको उपन्यास आगो भित्रको मान्छे पनि लाइनमा छ । कस्ता पुस्तक पढ्न मनपराउनु हुन्छ ? जीवन र जगतलाई नजिकबाट बुझ्न सहयोग गर्ने साहित्यिक पुस्तकहरु पढ्न राम्रो लाग्छ । मन पर्ने विधा ? कविता होस या आख्यान अथवा निबन्ध, सबै उत्तिकै मनपर्न