प्रतिबद्धता गरौं
आस्था केसी के तपाईलाई थाहा छ ? मैले आज फेरी उनलाइ देँखे । निल गगनमा, ताराहरुको बिचमा उनि उस्तै थिए शालिन थिए,भद्र थिए । उनले आँखामा पावरदार चश्मा लगाएका थिए उनको ओँठमा मृदुल मुस्कान खेलिरहेथ्यो । एउटा हातमा कलम र डायरी थियो । अर्को हातमा चाहीँ रातो झण्डा थियो । त्यो त्यही झण्डा थियो। जस्लाई उनि निकै माँया गर्थे । आफ्नो ज्यान भन्दा बढी आफ्नो सपना भन्दा बढी । त्यो रातो झण्डा हावामा फरफर गरिरहेथ्यो । के तपाईलाई थाहा छ ? मैले आज फेरी उनको आवाज सुनें उनको आवाजमा उस्तै ताजगीपन थियो। जोश थियो, जाँगर थियो । उनले मलाई बर्ग बिभेदका कुरा भने । सामन्ती,दलाल,नोकरशाही को गिल्ला गरे । ठग र लुटेराहरुको बिरुद्ध मनखुशी मुर्दाबाद भन्न सिकाए । क्रान्ति र परिबर्तनका लागी मुठ्ठी कसी जिन्दाबाद भन्न सिकाए । त्यत्ति मात्र कहाँ हो र उनले त जनतालाई बिश्वासघात गर्नेहरु प्रति घृणा गर्न सिकाए । शहीदको बलिदानीमा स्थापित परिर्बतनलाई खेल सम्झिने प्रति खबरदारी गर्न सिकाए । आफूलाई क्रान्तिकारी भन्दै देश प्रति गद्धारी गर्नेहरुलाई औंला उठाईरहन सिकाए । उनको आवाज निकै जोशिएको थियो ।