Saturday, May 25, 2013

प्रतिबद्धता गरौं

    आस्था केसी

के तपाईलाई थाहा छ ?
मैले आज फेरी उनलाइ देँखे ।
निल गगनमा, ताराहरुको बिचमा
उनि उस्तै थिए
शालिन थिए,भद्र थिए ।
उनले आँखामा पावरदार चश्मा लगाएका थिए
उनको ओँठमा मृदुल मुस्कान खेलिरहेथ्यो ।
एउटा हातमा कलम र डायरी थियो ।
अर्को हातमा चाहीँ रातो झण्डा थियो ।
त्यो त्यही झण्डा थियो।
जस्लाई उनि निकै माँया गर्थे ।
आफ्नो ज्यान भन्दा बढी
आफ्नो सपना भन्दा बढी ।
त्यो रातो झण्डा हावामा फरफर गरिरहेथ्यो ।

के तपाईलाई थाहा छ ?
मैले आज फेरी उनको आवाज सुनें
उनको आवाजमा उस्तै ताजगीपन थियो।
जोश थियो, जाँगर थियो ।
उनले मलाई बर्ग बिभेदका कुरा भने ।
सामन्ती,दलाल,नोकरशाही को गिल्ला गरे ।
ठग र लुटेराहरुको बिरुद्ध
मनखुशी मुर्दाबाद भन्न सिकाए ।
क्रान्ति र परिबर्तनका लागी
मुठ्ठी कसी जिन्दाबाद भन्न सिकाए ।
त्यत्ति मात्र कहाँ हो र
उनले त जनतालाई बिश्वासघात गर्नेहरु प्रति
घृणा गर्न सिकाए ।
शहीदको बलिदानीमा स्थापित
परिर्बतनलाई खेल सम्झिने प्रति
खबरदारी गर्न सिकाए ।
आफूलाई क्रान्तिकारी भन्दै
देश प्रति गद्धारी गर्नेहरुलाई
औंला उठाईरहन सिकाए ।
उनको आवाज निकै जोशिएको थियो ।
र आक्रोशले थरथर काापीरहेथ्यो ।।

के तपाईलाई थाहा छ ?
उनि त्यही मान्छे हुन्,महामानब हुन ।
उनि एउटा शिक्षक थिए,कबि थिए
पत्रकार थिए,साहित्यकार थिए ।

सबैभन्दा बढी उनि
क्रान्तिकारी जोदाहा थिए ।
संघर्षमै जीवन देख्ने, दुखमा रमाउने
उनि आस्थाको यात्रामा थिए ।
उनि हारजीतको लडाँईमा थिए ।
जनतालाई रैति ठान्नेहरु संग
उनि निरन्तर लडिरहे ।
दुस्मनहरुले उनलाई बन्धक बनाए
ग्यासच्याम्बरमा हाले, असिम यातना दिए ।

के गल्थे र उनि स्पातले बनेको मान्छे ।
के हार्थे र उनि बिजयी योद्धा बनेको मान्छे ।।

के तपाईलाई थाहा छ  ?
उनि यहींकहीं यतैकतैबाट
निर्निमेश हेरिरहेछन हामीलाई ।
यात्राबाट कतै थाक्छौं कि भनेर
आदर्शबाट कतै चिप्लिन्छौं कि भनेर
अनि
सपनाहरु कतै लिलामी गर्छौं कि भनेर ।

साँच्चै यतिबेला
उनको अनुहार चिन्तित चिन्तित छ
र त अझै दह्रो संग समातेर
माथि माथि..... उठाईरहेछन् रातो झण्डा.........

आउनोस,
त्यही प्यारो मान्छेलाई
उनै महान शहीदलाई साक्षी राखेर
आज फेरी एउटा c
अठोट गरौं, संकल्प गरौं ।
हामी हाम्रा आर्दशबाट चिप्लिनेछैनौ
कहिल्यै हाम्रो यात्राबाट बिचलित बन्नेछैनौ
र कदापी पनि ...
महान शहीदका सपना लिलामी गर्नेछैनौ ।।।

२०६६ जेठ १३ गते,महान शहीद कृण्ण सेन इच्छुकको स्मृति दिवशमा रचना गरिएको कबिता











No comments:

Post a Comment

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...