संदेश

जुलाई, 2013 की पोस्ट दिखाई जा रही हैं

सपना

                                                                                     आस्था केसी सपना देख्नुपर्छ साथी सपना आकाश जस्तै बिशाल फैलिनुपर्छ सपना दुबो जस्तै छपक्कै मौलाउनुपर्छ सपना धर्ती जस्तै महान बन्नुपर्छ सपना जीबन बन्नुपर्छ साथी जीबन सपनाहरुको बहार बन्नुपर्छ ।। सपना नदी जस्तै मूलप्रवाह बहनुपर्छ सपना हावा जस्तै अबिश्रान्त चल्नुपर्छ आफ्नो सपना संग डराउनेहरु आफ्नै छाँया संग डराईरहन्छन्  र उनिहरु कहिल्यै पनि सपनाको आर्दशमा चल्न सक्तैनन् । सपना त जीबनको आदर्श बन्नुपर्छ साथी जीबनको आदर्श नै सुन्दर सपना बन्नुपर्छ । सपना सगरमाथा जस्तै अग्लो ठडिनुपर्छ सपना पहाड सरी अबिचल उभिनुपर्छ । सपना आशा बन्नुपर्छ, रहर बन्नुपर्छ सपना त गतिशिल समय जस्तै हो साथी गतिशिल समय जस्तै सपना बन्नुपर्छ । 2063-5-2 ghorahi

फस्टाउदैं ब्याबसायिक गाई पालन

चित्र
                 आस्था केसी,दांग, तिन बर्ष अगाडी आफ्ना साथीभाईले बिदेश जानको लागी पासपोर्ट बनाईरहदा देउखुरीको लालमटिया गाबिस ७ का शोभाखर भुषाल भने जर्सी गाई किन्न चितवनको गीतानगर आउजाउ गरिरहेका थिए । अरुहरुले बैदेशिक रोजगारलाई मात्र जिबिकाको माध्यम सोचिरहदा २७ बर्षिय लक्का जवान यी युवाले  भने गाँउघरमै केही गरेर जीबिका चलाउने कामको बारेमा सोच्दै थिए ।   चितवनको गीतानगर बाट प्रति गाई ४० हजार देखी ७३ हजार रुपैयाँ सम्ममा ४ जर्सी गाई र २ हलेष्टाईन गाई गरी जम्मा ६ वटा गाई ल्याएर ब्याबसायिक रुपमा गाईपालन शुरु गरेका भुषालको गोठमा अहिले बाच्छी सहित १२ वटा गाई भैसकेका छन् ।   प्रति लिटर ४५ रुपैयाँको दरमा प्रति दिन ५० लिटर दुध बेचेर २२५० रुपैंया आम्दानी गर्छन् उनि । दुध बेचेरै दुई छोरीलाई बोर्डिंग स्कुल पढाएका छन् भने  ५ जनाको परिवार सजिलो संग चलाएका छन् । उसो त गाईको दाना र घाँसमा पनि उत्तिकै खर्च हुन्छ । अहिले सम्म नाफा घाटा बराबर नै छ । ६ गाईबाट जन्मेका ६ बाच्छीहरुलाई  नै चोखो नाफा मान्छन् उनि ।   २०६७ सालको असार महिनामा छ लाख रुपंैयाको लगानीमा गाईपालन शुरु गरेका भुषालको सफलता देखेर उनको