फस्टाउदैं ब्याबसायिक गाई पालन
आस्था केसी,दांग,
तिन बर्ष अगाडी आफ्ना साथीभाईले बिदेश जानको लागी पासपोर्ट बनाईरहदा देउखुरीको लालमटिया गाबिस ७ का शोभाखर भुषाल भने जर्सी गाई किन्न चितवनको गीतानगर आउजाउ गरिरहेका थिए । अरुहरुले बैदेशिक रोजगारलाई मात्र जिबिकाको माध्यम सोचिरहदा २७ बर्षिय लक्का जवान यी युवाले भने गाँउघरमै केही गरेर जीबिका चलाउने कामको बारेमा सोच्दै थिए ।
चितवनको गीतानगर बाट प्रति गाई ४० हजार देखी ७३ हजार रुपैयाँ सम्ममा ४ जर्सी गाई र २ हलेष्टाईन गाई गरी जम्मा ६ वटा गाई ल्याएर ब्याबसायिक रुपमा गाईपालन शुरु गरेका भुषालको गोठमा अहिले बाच्छी सहित १२ वटा गाई भैसकेका छन् ।
प्रति लिटर ४५ रुपैयाँको दरमा प्रति दिन ५० लिटर दुध बेचेर २२५० रुपैंया आम्दानी गर्छन् उनि । दुध बेचेरै दुई छोरीलाई बोर्डिंग स्कुल पढाएका छन् भने ५ जनाको परिवार सजिलो संग चलाएका छन् । उसो त गाईको दाना र घाँसमा पनि उत्तिकै खर्च हुन्छ । अहिले सम्म नाफा घाटा बराबर नै छ । ६ गाईबाट जन्मेका ६ बाच्छीहरुलाई नै चोखो नाफा मान्छन् उनि ।
२०६७ सालको असार महिनामा छ लाख रुपंैयाको लगानीमा गाईपालन शुरु गरेका भुषालको सफलता देखेर उनको देखासिकी गर्दै अहिले लालमटिया र सिसहनियामा मात्रै १० वटा ब्याबसायिक गाईर्फम शुरु भएका छन् । गाईको गोबरलाई खाना पकाउने गोबर ग्याँसको रुपमा प्रयोग गरेका उनले बाँकी बचेको गोबरलाई मलको रुपमा प्रयोग गर्ने गरेका छन् ।
उनि अहिले गाँउको उदाहरणीय ब्यक्ति बनेका छन् । उनको कामको प्रोत्साहन स्वरुप लालमटिया गाबिस कार्यालयले १५००० रुपैंया प्रदान गर्न लागेको छ । गाईको नश्ल सुधार गर्नको लागी यो रकम दिन लागिएको लालमटिया गाबिसका सचिब टेक बहादुर खड्काले बताए ।
दक्ष प्राबिधिकहरु नहुनु,दानाहरु असाध्यै महंगो हुनु र गाईको मोलले पनि आकाश छोएकाले गर्दा सजिलै जो सुकैले गाई पाल्ने आँट गर्न नसकेको भुषालको भनाई छ । त्यसैगरी हाम्रो देश कृषि प्रधान देश भए पनि किसान स्वयंले उत्पादन लागत राम्रो पाउन नसक्दा किसानको जीवनस्तर कहिल्यै माथी उठ्न नसकेको भुषालको गुनासो छ ।
एउटा ब्यापारीले एक दुई बर्षमै आफ्नो जीबनस्तर उकास्न सक्ने तर एउटा किसानले बर्षैं बर्ष काममा लाग्दा पनि उसको जीबनस्तर जस्ताको तस्तै रहने गरेको तथ्य पनि उनले देखेका छन् । किसानको जीबनस्तर उकास्नको लागी उत्पादन लागत को नीतिमा जोड दिन सके कुषि पेशा अगांलेरै गाँउ परिबर्तन गर्न सकिने भुषालको बिश्वास छ ।

टिप्पणियाँ
एक टिप्पणी भेजें