संदेश

अप्रैल, 2017 की पोस्ट दिखाई जा रही हैं

हाम्रो बर्ग नै फरक परिसकेको रहेछ

आदरणीय दाजु ‘समीर’ सादर नमस्कार । दाजु समयको एउटा अन्तरालपछि आज आफ्नो दिल खोलेर तपाईको नाँउमा यो पत्र कोर्ने हिम्मत जुटाएकी छु। पत्रमा अनर्थ लाग्ने केही लेखिएछ भने क्षमा गरिदिनुहोला। अञ्जुलीको पानी जस्तै थोपा थोपा बगेर जाने समयलाई रोक्न सक्दी हुँ त म घडीमा टिकटिक गर्ने सुईलाई १५ बर्ष अगाडि पुर्याईदिने थिँए । जहाँ मेरो चञ्चले यौवनकाल थियो । मेरा निर्दोष कुमारी रहरहरु थिए । जामाभरी भरी स साना ढुंगा बटुलेर चारी खेल्दै म लेकका चौरहरुमा बाख्रा चराईरहेकी हुँदी हुँ । बारीका कान्लाहरुमा घाँस काटिरहेकी हुँदी हुँ । स्कुलबाट फर्किएपछि आमाले भुटिदिएको मकै र भट्ट फ्रकको गोजीमा राखेर पर धारामा पानी लिन जाँदी हुँ र एकछिन साथीहरुसँग चुन्नी या राज्य केही खेल्न पनि पाउँदी हुँ । दैलामुनिको तरकारीबारीबाट सिप्चना टिपेर तरकारी बनाउन आमालाई सघाउँदी पनि हुँ । तर बितेर जाने समयलाई कसले पो रोक्न सक्छ र । केवल आफ्ना गल्तीको महशुष गरेर ऐठन परेको मुटुलाई जर्बजस्ती सम्हाल्दै अगाडि बढ्नुको बिकल्प कसैसँग पनि त हुँदैन । यात्राका यि अनबरत पहाडहरु चढिरहँदा समयको घोडेदौडमा पराजित भएकाहरु उठेर हिंड्ने साहस गर्न स

पुग्नु त धेरै पर छ नि है!

चित्र
प्रिया , हृदयको उदासीलाई शब्दहरूमा बेह्री पठाएको छु , खोलेर हेर । आज धेरै दिनपछि तिमीलाई पत्र लेख्न बसेको छु। मलाई थाहा छ , धेरै लेख्नु अहिले मेरो वशको कुरा होइन। मसँग लेख्नका लागि त्यस्ता अनुभूति नै कहाँ छन् र । सबै कोमामा गइसकेका छन्। जीवनका उदास क्षणहरूलाई शब्दमा उतार्नु पनि त निकै गाह्रो कुरा रहेछ। तर पनि तिमीलाई पत्र नलेखेका दिनमा मेरो मनमा तैरिएका भावनाको खात कतै पानीको फिंजझैं आकार ग्रहण गर्दै शून्यमा बिलाएका छन्। यो कुराको पीडा मलाई जीवनभर कतै न कतै त दुख्छ नि । त्यसैले सम्झिएको छु। आखिर , अनेक झमेलाका बीच , अनेक सम्बन्धका बीच , अनेक आशा र निराशाको बीच तिमी पनि त मलाई सम्झिरहेकी हुन्छ्यौ। मैले कुनै दिन भनेको थिएँ , कसैको अँगालोमा रून मन लाग्छ भने त्यो नै सबैभन्दा प्रिय साथी हो। र , त्यो तिम्रो लागि म र मेरो लागि तिमी हौ। शायद , यो जीवनमा अब त्यस्तो साथी खोज्नुमा हामी जति भौंतारिए पनि पाउन सक्दैनौं। यो भावनाको लागि तिम्रो र मेरो भोगाइ उस्तै उस्तै पाउँछु।कता – कता तिमीलाई भेटेपछि कति आँसु आँखाबाटै बिलाउँछन्। यो पनि त पीडा कम हुनुको उदाहरण हो। यदि उर्लिएरै आए प