संदेश

अगस्त, 2017 की पोस्ट दिखाई जा रही हैं

संस्मरणः जनसरकारमा हालेको उजुरी

हामीले गुल्मी जिल्लामा भर्खरै एउटा स्क्वायडको घोषणा गरेका थियौं । २०५७ सालमा भएको पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले पार्टीमा सेना निर्माण गर्ने महत्वर्पूण निर्णय गरेको थियो। हाम्रो जिल्लाका नेता हिम्मत बराल मगर (कमरेड ध्रुव) राष्ट्रिय सम्मेलन पश्चात जनमुक्ति सेनाको तालमि प्राप्त गरी कम्पनी घोषणा कार्यक्रममा सहभागी भएर भर्खरै जिल्ला फर्किनुभएको थियो। उहाँले हामीलाइ शैन्य तालिम गराउनु हुन्थ्यो । विहानै झिसमिसेमा उठेर हामी रनिङ्ग गथर््यौ । तालमा ताल मिलाउँदै कहिले जनसेना आयो , जनसेना आयो भन्दै दौडिरहेका हुन्थ्यौं । कहिले एक — दुइ — एक , एक — दुइ — एक , एक — दुइ — एक भन्दै पाइलामा पाइला मिलाएर दौडिरहेका हुन्थ्यौं । यसोगर्दा हामी धेरै जना परेड खेलिरहेको आवाजले त्यो सुनौलो बिहानीमा एउटा अचम्मलाग्दो संगीत पैदागरिरहेको हुन्थ्यो। यसरी दौडिदा श्वास बढ्थ्यो । मुटु जोडजोडले धड्किन्थ्यो । हामीलाइ दौडिन कठिन हुन्थ्यो । तैपनि हाम्रो कमाण्डरले हामीलाइ काशन गरिरहन्थे । हामी यो सिंगो धर्तीका मानव जातिको मुक्तिका लागि लडिरहेका छौं भन्दै हातमा थ्रिनट थ्रि बोकेका कमाण्डरले जव हामीलाई काशन गर्न था