एउटा चित्रमय शुरुवात
त्यतिवेला म गुल्मीको एरिया सेक्रेटरीका रुपमा कार्यरत थिएँ । एकदिन पार्टीको कामकै शिलशिलामा पश्चिम गुल्मीको अर्खावाङ्ग जानुपर्ने भयो । त्यहाँ बिशेष क्षेत्रवाट स्कुलिङ्ग विभागमा कार्यरत ६ जना कमरेडहरु आउनुभएको रहेछ । रोल्पा, रुकुम, सल्यान, प्युठान, दांग, अर्घाखाँची, कपिलबस्तु र गुल्मी गरी आठ जिल्ला मिलाएर बिशेष क्षेत्र बनाइएको थियो । आधार इलाका र प्रचार इलाकालाई मिलाएर बनाइएको बिशेष क्षेत्रमा कार्यकर्ताहरुको राजनैतिक र बैचारिक स्तर बृद्धिका लागि सो क्षेत्रको राजनैतिक व्यूरोले प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । सोही योजना अनुसार हामीलाई प्रशिक्षण दिनका लागि कामरेड विश्वास लगायतको क्षेत्रिय स्कुलिंग टिम गुल्मी आइपुगेको थियो । टिममा सल्यानका क.तिलक मल्ल क्षितिजको नेतृत्वमा प्युठानका क.वादलसिंह, दाङ्गका क.विश्वास, रुकुमका क.मुस्कान, रुकुमकै क.सौभाग्य र गुल्मीका क.मनोज गरी छ जना थिए । उहाँहरु खाना खान जान लाग्दा मैले सरसर्ती त्यो टोलीलाइ हेरेँ । मलाइ क. विश्वाससँग खास रुची लागिरहेको थियो । विश्वास भन्ने नामले मलाइ आकर्षित गरिरहेको थियो । त्यहाँ चिनाजानी गर्ने समय मिलेन
टिप्पणियाँ
एक टिप्पणी भेजें