नारी नै नरहँदा संसार के चल्छ र !
छन्द कविता आस्था केसी | #आस्था केसी | १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान छ यसै सिर्जन्छ संसार यो आमा हुन् नवयुग रङ्गिन कला नारीहरूकै छ यो । २ बन्छन् खुब सुरम्य सागर अनि अग्ला कतै टाकुरा काखैमा सुकुमार चल्मल हुँदै आफ्नै हसिला भुरा माटोमा मन–मोहिनी हृदयको मुना बनी हुर्किंदै नाच्छन् फुर्फुर चौरीमा मनभरी नारीहरू नै सधैँ । ३ नारीको नवसिर्जना सुर लिई घन्किन्छ सङ्गीतमा नौलै बन्छ सधैँ कथा र कविता यै स्वच्छ संसारमा साथैमा छ नयाँनयाँ लहर छन् स्वर्णिम आफ्नै कला नारीकै नवजागृति सहज नै बन्छन् अनेकौँ तला । ४ छोरी हुन् घरकी कतै मनभरी बन्छिन् बुहारी पनि आमा हुन् नवसिर्जना जीवनकी आधार आफैँ बनी पोखिन्छिन् अति कष्टसाथ दुनियाँ हुर्काउँदै सृष्टि यो यस्ती मालिनीलाई कष्ट र पीडा भर्दिन्छ संसार यो । ५ मैले जान्दिनँ नारी नै नरहँदा संसार के चल्छ र ! नारी नै नहुँदा सधैँ घरघरै बत्ती कहाँ वल्छ र ! आँखाको डिलमा छचल्किरहने पानी बनेकी चरी नारी सिर्जनाकी धनी सुख सुधा भर्ने उनै हुन् परी । ६ नारी सिर्जना पल्लवी जगतकी माता एवम् मोहिनी नारी चन्द्रमा, अप्सरा