आफ्नै गन्थन
हतारो छैन रे आस्थालाई July 21, 2013 | Filed under: साहित्य सिर्जना , स्रष्टासँग एकछिन | Posted by: janaubhar आस्था केसी साहित्यकार पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ? आख्यान क्षेत्रमा नयाँ पाइला चाल्दै गरेकी साहित्यकार उमा सुवेदीको चर्चित उपन्यास तोदा । तोदामा खास के रहेछ ? – तोदामा वैदेशिक रोजगारमा जाने नेपाली महिलाहरुले भोग्नुपरेका समस्याहरुको बारेमा लेखिएको छ । त्यसको साथसाथै विश्वको कुख्यात तानाशाह हिटलरले यहुदीहरुमाथि गरेको बर्बर दमनपछि त्यहाँका जनता खासगरी महिलाहरुमा परेको असरको बारेमा मार्मिक ढंगले लेखिएको छ । कुनै पनि देशमा कुनै पनि बहानामा गरिएको युद्धमा सबैभन्दा बढी महिलाहरु नै प्रभावित हुने गरेको कुरा तोदामा उल्लेख छ । कस्ता पुस्तक मन पराउनुहुन्छ ? – आख्यान र गैर आख्यान दुबै पढ्न मन पर्छ । कोठामा चामल सक्केको था ’ छैन , पुस्तक किन्न छोड्नुहुन्न रे ! – हाहाहा । ठ्याक्कै त्यही नै त नभनौं । के कुराचाहिँ सत्य हो भनुँ । चामल बरु उधारै