जवाफ आस्था केसी टक्क रोकिए हुन्थ्यो यो सिरसिर बहिरहेको पवन । यो निष्ठूरी समय र यो मेरो मन् ।। तिमी नजिकै छौ र पनि कति टाढा छौ । खोजिरहन्छ मन् हरपल हरपल तिम्रै निकटताको मिठो एहसास ।। बगिरहेको यो कञ्चन पानी जस्तै बहिरहेको यो निर्मल हावा जस्तै हलुका पारेर आफूलाई रित्तो रित्तो हुन मन् छ रित्ताएर आफूलाई यतैकतै तिमीभित्रै पूनः भरिन मन लागेको छ ।। तिम्रो यति प्रिय सानिध्यतामा पनि किन मन भागिरहन्छ आफै संग तिमीबाट टाढा भागेर पनि फेरी किन खोजिरहन्छ तिम्रै सामिप्य ? जवाफ खोज्दा खोज्दा आजित छु । निष्ठूरी मलाई माफ गर के तिमी संग यसको जवाफ छ ? समाप्त
संदेश
2014 की पोस्ट दिखाई जा रही हैं
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
सपनाहरुको बस्ती आस्था केसी सपनाहरु बिस्कुन जस्तै छरपष्ट छरिएका छन् । बिपनाहरु भर्खरै प्रेम टुटेको प्रेमि जस्तै उदास उदास छन् । कुरुप आँधी जस्तो यो समय भुँवरी उडाएर हरपल हरपल लखेटिरहन्छ मलाई गन्तब्य बिर्सिएको यात्री जस्तै बेसहारा बनेर बिरानो बस्तीमा कुदिरहेछु।।। बिचारहरु कतै धुलाम्य भएका छन् । सहयात्रीहरु कतै छुटेका छन् मालचरीको बथानबाट छुटेको चरा झैं एक्लो एक्लो बत्तिदैछु अचेल । चट्यांग जस्तो यो समय बेला कुबेला बिजुली चम्काउँछ । मनको भित्री तह नै हल्लाउने गरी बादल निर्दयी गर्जना गर्छ ।। बाटो हराएको अलपत्र बटुवा जस्तै अनिर्णयको बन्दी बनेर दोबाटोमा उभिईरहेछु ।।। दौडाहामा छु तर गन्तब्य बिर्सिएको छु । यात्रामा छु तर लक्ष्य हराएको छु । संगातीहरु कहाँनेर छुटे कुन्नी बेफुर्सद छु पछाडी फर्किन । आफु संग आफै बेखबर बनेर हिंडिरहेछु र पनि उहिं नेरै त छु ।। अपराधी जस्तो यो समय म संग लुकामारी खेलीरहन्छ । रंगीन मेरा कुमारी रहरहरु संग बेपर्बाह कुस्ती खेलिरहन्छ । आफन्तबाटै बलात्कुत किशोरी जस्तै रुदाँरुदाँ थाकेर,अन्यमनस्क
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
रहर प्रिय मलाई आजन्म आजन्म तिम्रै भएर बाँच्ने रहर छ ।। समातेर तिम्रा मजबुत पाखुराहरु तिमी संगै यात्रा गरिरहने रहर छ । छोईएर तिमी संग हरपल हरपल आननदले भरिईरहने रहर छ । हेरेर तिम्रा एकजोडी आँखाहरुमा आफूलाई बिर्सिरहने रहर छ। हराएर तिम्रो न्यानो स्पर्शमा मदहोश कतै बरालिने रहर छ । साँच्चै तिम्रा पदचापहरु पछ्याउँदै पछ्याउँदै तिमी हिंडेकै बाटो हिंड्ने रहर छ । तिमीले शुरु गरेका गोरेटोका डोबहरु संगैं तिमीसित सम्याउने रहर छ । भरोसाको भर्यांग चढेर तिमीसंगैं सफलताको शिखर नापिरहने रहर छ । तिमी छौ र त यहाँ सबथोक छ । एउटा प्रिय सन्सार, मिलनको रमाईलो खुशी छ बिछोडमा अभाबको तिक्त पिडा छ । तिमी साथ हुँदाको चञ्चलता तिमी साथ नहुँदाको उदासीपन् । तिम्रो पखाईका एकएक गह्रौं पल प्रतिपलहरु । तिमी छौ र मात्र प्रेमको सघन र मिठो अनुभुति पनि छ । मलाई मेरा हरेक पलहरु रहरलाग्दो गरी जिउन रहर छ । प्रिय मलाई आजन्म आजन्म तिमी संगैं बाँच्ने रहर छ ।।।