Sunday, April 13, 2014


रहर

प्रिय
मलाई आजन्म आजन्म
तिम्रै भएर बाँच्ने रहर छ ।।

समातेर तिम्रा मजबुत पाखुराहरु
तिमी संगै यात्रा गरिरहने रहर छ ।
छोईएर तिमी संग हरपल हरपल
आननदले भरिईरहने रहर छ ।

हेरेर तिम्रा एकजोडी आँखाहरुमा
आफूलाई बिर्सिरहने रहर छ।
हराएर तिम्रो न्यानो स्पर्शमा
मदहोश कतै बरालिने रहर छ ।

साँच्चै
तिम्रा पदचापहरु पछ्याउँदै पछ्याउँदै
तिमी हिंडेकै बाटो हिंड्ने रहर छ ।
तिमीले शुरु गरेका गोरेटोका डोबहरु
संगैं तिमीसित सम्याउने रहर छ ।
भरोसाको भर्यांग चढेर तिमीसंगैं
सफलताको शिखर नापिरहने रहर छ ।

तिमी छौ र त
यहाँ सबथोक छ ।
एउटा प्रिय सन्सार,
मिलनको रमाईलो खुशी छ
बिछोडमा अभाबको तिक्त पिडा छ ।

तिमी साथ हुँदाको चञ्चलता
तिमी साथ नहुँदाको उदासीपन् ।
तिम्रो पखाईका
एकएक गह्रौं पल प्रतिपलहरु ।
तिमी छौ र मात्र
प्रेमको सघन र मिठो अनुभुति पनि छ ।

मलाई मेरा हरेक पलहरु
रहरलाग्दो गरी जिउन रहर छ ।
प्रिय
मलाई आजन्म आजन्म
तिमी संगैं बाँच्ने रहर छ ।।।



No comments:

Post a Comment

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...