संस्मरण : चिसो साँझसम्म साँखुलाई अँगाल्दा
शनिबार बिहानै खाना खाएर निस्कँदै गर्दा दाइकी छोरी मेलिना कराई, ‘शनिबार पनि बिदा नहुने अफिसमा किन काम गर्नुहुन्छ दिदी ’ शनिबार घुमाउन लैजाउँला भनेर उसलाई अरू दिन फकाउँथे र होमवर्क गराउँथे, स्कूल पु¥याउँथेँ । शनिबार पनि झोला बोकेर म कस्सिएकी देखेर उसको रिस पोखिइहाल्यो । यता मेरो मन भने नेपालको प्राचीन र ऐतिहासिक सहर साँखुमा रिपोर्टिङका लागि जाने योजना बनेबाटै प्रफुल्ल थियो । सञ्चारिका समूहले प्रदान गर्ने ‘अन द जब ट्रेनिङ’को सिलसिलामा साँखुको रिपोर्टिङ ‘असाइन’ भएको थियो । त्यसैले मेलिनालाई अर्को शनिबारको भाका दिएर म निस्किएँ शंखमूलको डेराबाट । बानेश्वर पुगेर चाबहिल जाने माइक्रोमा कोचिएँ । नयाँ ठाउँमा जाने कुराले मलाई अलि बढी उत्साहित बनाउँछ । त्यसैले साँखुको कल्पनाचित्र मनमा खेलाउँदा–खेलाउँदै सह–चालक भाइको आवाजले झस्किएँ, ‘ल, चाबेल झर्नेजति ओर्लिनुस् ।’ ओर्लिएर पारिपट्टी गएर साँखु जाने गाडी पर्खिएँ । १० मिनेट जतिको प्रतीक्षापछि एउटा थोत्रो–थोत्रो लामो बस आइपुग्यो । सह–चालक भाइले गाडी जाने ठाउँजतिको नाम भनिभ्यायो– बौद्ध, जोरपाटी‘ ‘ । म हतारिँदै गाडी चढेँ र एउटा सिटमा कोच्चिएँ । क