Sunday, April 3, 2016

प्रतिक्षा


तिम्रो प्रतिक्षा गर्दागर्दै
बगेर गयो बैंशालु उमेर ।
जमे आँशुका दहहरु,
म रुदाँ रुदाँ लेघ्रो बसिसकेछ, परेलीमुनि । फेरी पनि मायाँलु म तिमीलाई पर्खेर बसेकी छु । म तिमी आउने बाटो हेरेर बसेकी छु ।।
बर्षौं पहिले, मेरो कुमारी मनभित्र जसरी स्थापित भएथ्यो तिम्रो आदिम सौन्दर्य । मैले सबैभन्दा पहिले देखेको तिम्रो मायावी स्वरुप । मैले तिमीलाई गरेको पहिलो विश्वास, मलाई तिमीसँग भएको पहिलो प्रेमको अनुभुति । जतन गरेर राखेकी छु आज पनि चोखो मायाँले भरिएका तिम्रा सुन्दर यादहरु ।
म त्यहींनेर छु । जहाँ तिमीले मलाई उभिनु भनेर गएका थियौ । म नआउञ्जेल पर्खिरहनु, नथाक्नु, हरेश नखानु छायाहरुसँग तर्सेर आफ्नो सातो नगुमाउनु । र्हुहुरे बतासले कसिंगर ल्याएर आँखामा हुत्याईदिन सक्छ । आँधीे भुमरी भएर उडाउला उडाउला जस्तो हुनसक्छ । आँखाको कशलाई बरु आँशुले बगाउनु । सतिशाल जस्तो भएर उभिरहनु, नहल्लिनु म अबश्य आउनेछु । मलाई अन्तिम घडीसम्म पर्खिरहनु भनेर गएका थियौ
तिमी प्रति त्यो बेलाको मेरो सम्पूर्ण समपर्ण मेरो हृदयमा बढेको गति मेरा आँखामा चम्किएको आत्मबिश्वास । मेरो मुहारमा भरिएको आभा मेरो छातिमा पौडिईरहेको तिब्र बेग । मैले तिमीलाई गरेको भरोसा । के ति सबै सबैलाई तिमीले बिर्सिएकै हौ र ?
वरु मलाई यी मान्छेहरुले भनेको रत्तिभर विश्वाश छैन । तिमी आउनेछौ भन्ने कुरामा मलाई कत्तिपनि सन्देह छैन ।
अँधेरी रातपछि आउने मिर्मिरे उज्यालोजस्तै सिमसिमे झरीपछि खुल्ने चम्किलो आकाशजस्तै कायम राखेर तिमीप्रतिको एउटा अटुट विश्वाश मायाँलु म तिमीलाई युगयुग प्रतिक्षा गरिरहेकी छु ।
तिम्रो प्रतिक्षा गर्दागर्दै बगेर गयो बैंशालु उमेर । जमे आँशुका दहहरु, म रुदाँ रुदाँ लेघ्रो बसिसकेछ, परेलीमुनि । फेरी पनि मायाँलु म तिमीलाई पर्खेर बसेकी छु । म तिमी आउने बाटो हेरेर बसेकी छु । २०७२।१२।१४

1 comment:

  1. समसामयिक विषय वस्तुलाई राम्रो उजागर गर्नुभएको छ, कविता मार्फत।

    ReplyDelete

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...