संस्मरण : चिसो साँझसम्म साँखुलाई अँगाल्दा
शनिबार बिहानै खाना खाएर निस्कँदै गर्दा दाइकी छोरी मेलिना कराई, ‘शनिबार पनि बिदा नहुने अफिसमा किन काम गर्नुहुन्छ दिदी ’ शनिबार घुमाउन लैजाउँला भनेर उसलाई अरू दिन फकाउँथे र होमवर्क गराउँथे, स्कूल पु¥याउँथेँ । शनिबार पनि झोला बोकेर म कस्सिएकी देखेर उसको रिस पोखिइहाल्यो । यता मेरो मन भने नेपालको प्राचीन र ऐतिहासिक सहर साँखुमा रिपोर्टिङका लागि जाने योजना बनेबाटै प्रफुल्ल थियो ।
सञ्चारिका समूहले प्रदान गर्ने ‘अन द जब ट्रेनिङ’को सिलसिलामा साँखुको रिपोर्टिङ ‘असाइन’ भएको थियो । त्यसैले मेलिनालाई अर्को शनिबारको भाका दिएर म निस्किएँ शंखमूलको डेराबाट । बानेश्वर पुगेर चाबहिल जाने माइक्रोमा कोचिएँ ।
नयाँ ठाउँमा जाने कुराले मलाई अलि बढी उत्साहित बनाउँछ । त्यसैले साँखुको कल्पनाचित्र मनमा खेलाउँदा–खेलाउँदै सह–चालक भाइको आवाजले झस्किएँ, ‘ल, चाबेल झर्नेजति ओर्लिनुस् ।’
ओर्लिएर पारिपट्टी गएर साँखु जाने गाडी पर्खिएँ । १० मिनेट जतिको प्रतीक्षापछि एउटा थोत्रो–थोत्रो लामो बस आइपुग्यो । सह–चालक भाइले गाडी जाने ठाउँजतिको नाम भनिभ्यायो– बौद्ध, जोरपाटी‘ ‘ । म हतारिँदै गाडी चढेँ र एउटा सिटमा कोच्चिएँ । कोच्चिएँ यस मानेमा कि दुईजनाको सिटमा तीन जना बसियो ।
छेउकी दिदी रहिछिन् दक्षिणढोकाकी सुमित्रा पुडासैनी । उनले करिव १२र१५ बर्ष अघिदेखि गाईको दूध बेचेर जीवन चलाएको कथा सुनाइन् । पहिले बजार गर्नै साँखु पुग्दारहेछन् उनका गाउँले । उनले पहिलेको साँखुको सुन्दरता वर्णन गरिन् र भनिन्, ‘अहिले त विरक्त लाग्ने पो भएको छ । रुनै मन लाग्ने । घर भत्किएका छन्, पहिलाका मान्छेहरू पनि छैनन् ।’ उनी रोइहाल्लिन् कि भन्ने पीर लाग्यो ।
०००
गाडी साँखु पुग्दा झण्डै ११ बजेको थियो । त्यहाँ पुगेपछि नजिकै रहेको भाग्योदय उमावि छिरेँ । जहाँ क्याम्पस तहको पढाइ पनि हुँदोरहेछ । क्याम्पसभवन भूकम्पले तहसनहस देखिन्थ्यो । आठवटा ब्लकमध्ये छवटामा रातो स्टिकर थियो । तर त्यसैमा पढाइ भइरहेको थियो । त्यहीँ भेटिए शिक्षक रत्नलाल श्रेष्ठ । उहाँले साँखु बजारको तत्कालिन वस्तुस्थिति बताइदिनु भयो र साँखु बजार घुम्न सुझाउनुभयो ।
घुम्दै जाँदा पाटीको पेटीमा बसेर चार महिला एकआपसमा कुरा गर्दै ऊनको टोपी र स्वेटर बुनिरहेका भेटिए । नजिकैका घरहरूमा देखिएका महिला पनि कोही केही बुनेर, कोही घर लिपपोत गरिरहेका भेटिए । पुरुषहरू भने तासको खाल जमाइरहेका थिए । हेर्नेको हुल पनि पुरुषकै थियो ।
मैले ऊन बुनिरहेका महिलासँग कुराकानी गर्न चाहेँ । तर अपरिचित व्यक्तिसँग उनीहरू खुल्न नसकेको थाहा पाइहालेँ । ‘दिदी, पानी खान पाइएला कि,’ सहज बनाउन मैले कुराको पोयो फुकाएँ
उनीहरू नेवार भाषामा एक आपसमा बोले । मैले बुझिनँ । एउटी महिला उठेर पछाडि गइन् र हरियो रङको बोत्तलमा पानी ल्याएर दिइन् ।
‘यहाँ त चिसो र मिठो पानी खान पाँइदोरहेछ’, मैले कुराकानीलाई अघि बढाउने निहुँ निकालेँ । हुन पनि काठमाडौंको पानीले आजित भइसकेको थिएँ म । धारामा आउनले खानेपानी ह्वास्सै गन्हाउने । बोतलको पानीमात्रै तैबिसेक हुन्थ्यो ।
म उनीहरूसँग खुल्दै गएँ । तीमध्ये एक जनाले भूकम्पमा आफ्ना पति गुमाएकी रहिछन् । तीन तलाको उनको घर पूरै भत्किएछ । डेरा जीवन सुरु भएको रहेछ । ‘अब कतिञ्जेल डेरामा बस्ने रु’, उनीसँग जवाफ थिएन ।
उनका छोराछोरी भएका थिएनन् । जीवनको सहारा नै श्रीमान थिएन, उनी बितेपछि नितान्त एक्ली भएकी थिइन् । सरकारले सानो भएपनि घर बनाइदिए हुन्थ्यो भन्ने उनको भित्री मनमा थियो । त्यही भनिन् मलाई ।
एकछिन पछि १४–१५ बर्ष जतिकी एक किशोरी त्यहाँ आइपुगिन् । उनले भूकम्पमा आमा र बहिनी गुमाएकी रहिछन् । छिमेकीको घरमा बुबा, दाजु र दिदीका साथ बस्दिरहिछन् । भत्किएको घर हटाएर सानो घर बनाउने तयारीमा दाजु लागेको उनले सुनाइन् । घर भत्केको कुरा सुनाउँदा मलिनता छाएको उनको अनुहारमा आमाको अभाव छल्किएको थियो ।
बजारको बीचतिर पुग्दा भत्किएका घरका भग्नावशेषमा मानिसहरू पुराना जस्तापाता र काठपात पन्छाउँदै थिए । केटाकेटी मिल्काइएको भ¥याङमा ढिकीच्याउँ खेलिरहेका थिए । साँच्चै, साँखु निरस र खण्डहरजस्तो बनेको थियो । बस्नका लागि जस्तापाताले बारेकोस–साना कटेरा बनाइएका थिए । कोही बनाउने उपक्रममा थिए । कोही हिलो माटोले भुर्इं सम्याउँदै, कोही कटेरोबाहिर पेटी बनाउँदै थिए ।
एउटा बनिसकेको सानो घरमा अन्दाजी ५० बर्षकी महिला सामान ओसारिरहेकी थिइन् । म उनको छेवैमा गएर उभिएको देखेर उनी हड्बडाइन् । तर कुरा सुरु गरेपछि उनले भावुक हुँदै भूकम्पको विनाशलीला सुनाइन् ।
भूकम्पले उनको छोरी, ज्वाँइ र नातिसँग बिछोड गराइदिएको रहेछ । भूकम्प आउँदा उनी घरको माथिल्लो तलामा खाना पस्किँदै रहिछन् । कसरी भागिन् उनैलाई थाहा छैन । तर छोरी, ज्वाँइ र नाति भाग्न सकेनन् । सदाको लागि टाढिए । घर पनि पूरै भत्किएछ । यो कुरा बताइरहँदा उनको गह भरिएको थियो ।
‘तर जीवन हो, बाँच्नैपर्दोरहेछ ।’ उनले आफूलाई सम्हाल्दै भनिन्, ‘अहिले त्यही भत्किएको घरका सरसामान पन्छाएर टिनले बेरेर टाउको ओत्ने ठाउँ बनाएको छु । तर बरखी गरेरमात्रै यो घरमा सर्छु ।’
उनको व्यथा सुनिसकेर म अरू घरतिर निस्किएँ । नजिकै स–साना चल्ला लिएर कुखुराको पोथी चारो खोज्दै थिई । बाख्राका दुई पाठा कान र पुच्छर ठाडो पार्दै बुर्कुसी मारिरहेका थिए । नजिकै इनार थियो । पाको उमेरकी महिला इनारबाट हरियो जर्किनमा पानी निकाल्दै थिइन् । भूकम्पले घर भत्काईदिएपछि उनीहरू छिमेकीको घरमा डेरा लिएर बसेका थिए । जवान छोरा बुहारीसँग एउटै कोठामा सुत्नुपर्दा अप्ठ्यारो भएकाले छिट्टै एककोठे घरमा सर्ने योजना उनको रहेछ । घर लिपपोत गरेर चिटिक्क पारिएको थियो ।
म उनीसँग छुट्टिएर भुकम्पपीडितले टहरा बनाएर बसाएको बस्तीमा पुगेँ । त्यहाँ सेता प्लाष्टिक र नीला त्रीपालले बेरबार पारेर जस्ताले छाएका ३० वटाजति टहरा थिए । यसो हेर्दा त तरकारी खेतीको लागि बनाएका टहरा जस्तो लाग्थ्यो । तर ती घर थिए– घाम, पानी, जाडो, सिरेटो छलेर ओत लाग्न बनाइएका ।
त्यता जाँदै गर्दा एकजना बूढाबा स्याँ–स्याँ गर्दै उकालो लागिरहेका भेटिए । मैले उनलाई एउटा रूखको ओझेलमा बसेर उनीसँग कुराकानी गरेँ । दिनभरिको यात्रामा उनै थिए, जसले मसँग धक फुकाएर हाँसेर बोले । उनले पुरानो साँखुका बारे बताए ।
‘झिँगटीले छाएका थोरै स–साना घर थिए । बस्ती शान्त थियो ।’ आफ्नै यौवनकालीन दिन सम्झेर उनको अनुहार उज्यालियो ।
रामेछापबाट १३ वर्षपहिले साँखु आएर गृहस्थी बसाएकी रीमा कार्कीकोे चिया पसलमा चिया खाँदै गर्दा ८० बर्षकी बुढीआमा भेटिइन् । उनका श्रीमान भने अर्की श्रीमतीसँग बस्थे । भूकम्प गएको आठ महिना बित्नै लाग्दा समेत उनलाई सरकार या अरू कसैले राहत दिएको थिएन । जे आउँथ्यो, श्रीमानकै भागमा पर्दोरहेछ । उनी र उनका दुई छोरा आ–आफ्नै तरिकाले बाँचेका थिए ।
बुढीआमा कपासको बत्ती कातिरहेकी थिइन् । त्यही बेचेर केही रुपैयाँको जोरजाम गर्दिरहिछन् । कहिलेकाहीँ छिमेकीकोमा गरेको ज्यालामजदुरीले पनि भरथेग गर्दोरहेछ । त्रिपालले बेरेको र जस्ताले छाएको उनको टहरोको त्रीपालमा ठाउँ–ठाउँमा प्वाल परेर हावा छिर्ने भइसकेको थियो । चिसो मौसमको कठ्यांग्रिने रातहरू ती बुढी आमाले कसरी बिताँउदी हुन् । मलाई सम्झेरै आत्तेस लाग्यो ।
०००
चिया पसल अगाडि लगालग चार मोटरसाइकल रोकिए । ८ जना झरे । एउटाले चिया अर्डर ग¥यो । तिनका कुराबाट थाहा भयो कि ती जग्गाव्यावसायी रहेछन् । सरकारले मापदण्ड नपुगि गाउँ नगरपालिका बनाइदिँदा जग्गा व्यापारी चर्को करको मारमा परेको गुनासो गर्दै थिए उनीहरू ।
बेलुकीको ४ बज्न लागिसकेको थियो । म प्रहरी चौकीतिर लागेँ भूकम्पपीडितको तथ्यांक र राहत वितरणबारे बुभ्mनु थियो । प्रहरी प्रभाग साँखुका प्रहरी इन्सपेक्टर उमेश जोशीका अनुसार भूकम्पमा परेर त्यहाँ एक सय १४ जनाले ज्यान गुमाएछन् । १ सय ५२ जना घाइते भएछन् । पूर्ण र आंशिक गरी ७ हजार १ सय घर भत्किएछन् ।
विवरण लिइसकेपछि साँखु बजारलाई फेरि एकफन्को लगाउन मन लाग्यो । बिहान पुग्दा अपरिचित लागेको सहर पनि छोडेर फर्किंदै छु भन्ने सोच्दा थाहा भयो, आत्मीय भएसकेछु । त्यहाँका मानिसहरूले मलाई अपरिचित नजरले नै नियालिरहेको भए पनि मलाई चाहिँनिकै परिचितजस्तो लागिरहेको थियो ।
भूकम्प आउनुभन्दा केही महिना अगाडि मात्र साँखुवरपरका सातवटा गाउँलाई मिलाएर शंखरापुर नगरपालिका बनाइएको रहेछ । बज्रयोगिनी, पुखुलाँछी, सुन्टोल, लप्सेफेदी, नाङ्लेभारे, इन्द्रायणी र साँखु गरी सात गाविस मिलाएर ऐतिहासिक शहर नगरपालिकामा परिणत भएको थियो । साँखुमा नेवारहरुको बाहुल्यता रहेछ । वरिपरिका पहाडी गाउँको नामसमेत नेवारी भाषामै राखिएका रहेछन् । उत्तरमा गुभाःगुँ, दक्षिणमा ईतागुँ, पूर्वमा थुःगुँ र पश्चिममा सलंगुँ । अहिले बाहिरबाट आएका मानिसहरूको जनसंख्या बढेपछि नेपाली भाषामा पनि नाम राखिएको रहेछ ।
किंवदन्ती र इतिहास भन्छन्– पौराणिककालमा साँखु लावण्यनगर थियो । त्यहाँ बग्ने मनोहरा खोला नै त्यो बेलाको शाली नदी हो भन्ने विश्वास गरिन्छ । त्यसैले माघ महिनाभर धुमधामसँग स्वस्थानी मेला चल्छ । स्वस्थानीपुराणमा उल्लेख भएको शालीनदी अर्थात अहिलेको मनोहराखोलामा नुहाएमा पाप पखालिन्छ भन्ने विश्वास गरेर हजारौं भक्तजन नुहाउन पुग्छन् ।
समुद्री सतहदेखी एक हजार चार सय दुई मिटर उचाइमा रहेको ऐतिहासिक सहर भव्य र शानदार थियो भन्ने प्रमाण अझै पनि थिए । शहर भित्रिने र बाहिरिने दुईवटा गेटमा सुन्दर कलाकृति कोरिएका छन् । चोक–चोकमा विभिन्न मन्दिर, देवल, ढुंगेधारा, वरपीपल चौतारी आदि देखिन्छन् । भूकम्पले थिलोथिलो पारेता पनि सबै पीडा भुलेर अगाडि बढ्ने प्रयत्नमा साँखुवासी थिए, दिनभर कुराकानी गर्दा मलाई त्यही आभाष भएको थियो ।
०००
पुसको महिना । मुटु कँपाउने सिरेटो चल्न थाल्यो । सूर्य पश्चिमी क्षितिजमा ओरालो लाग्न थाल्यो र साँझ भने उकालिन । फर्कनै मनस्थिति बनाएँ र सडकछेउ गाडी कुर्न थालेँ । ५ बज्नै लागिसकेको थियो । निजी गाडी ओहोर–दोहोर गरिरहेका थिए । एकहुल अल्लारे ठिटाहरू चुरोट तान्दै, यसो मतिर हेर्दै, एकआपसमा हाँस्दै सडक छेउमै रहेको चिया पसलतिर छिरेर छिल्लिन थाले । नजाने मेरै विषयमा पो उनीहरूले केही कुरा गर्दैछन् कि भन्ने लागेर एकप्रकारको अप्ठ्यारो लाग्यो । अपरिचित सडकमा एक्लै उभिँदा पहिलो पटक डरजस्तो केही महशुस भयो । भूकम्पपछि महिलामाथिको हिंसा झनै बढ्दै गएको तथ्यांक पनि सम्झिएँ कि मैले ।
मोबाइलमा ब्याट्री सकिनै लागेको थियो । साँझ झन्झन् जवान हुँदै थियो । पौषको महिना सम्साझै अँध्यारो गाढा हुन्छ । समयमै डेरा पुग्न सकिन्न कि भनेर मन आत्तिन थाल्यो । त्यति नै बेला दुईवटा बस आए, ठेलमठेल यात्रु बोकेर । त्यहाँ खुट्टा अटाउने जति पनि ठाउँ थिएन । तैपनि झुण्डिएरै जाने मन मनाएँ, तर गाडी रोकिएन, जसरी आएको थियो उसरी नै बतासिँदै गयो ।
म ट्वाल्लपरेर उभिरहेँ । मनमा अनेकथरी कुरा खेल्न थाले । आधाघन्टा सडकछेउ उभिएर गाडी पर्खिरहँदा अपरिचत आँखाले मलाई पछ्याउन छोडेनन् । समय झन्झन् घर्किंदै गइरहेको थियो । मलाई अत्यास लाग्न थालेको थियो । त्यसैबेला एउटा स्कुटर सरर हुँइकिँदै आयो । म हत्त न पत्त सडकको बिचतिरै पुगेर हात दिएँ । स्कूटर रोकियो । मैले हत्त न पत्त अनुरोध गरेँ, ‘मलाई जोरपाटीसम्म पु¥याइदिन सक्नुहुन्थ्यो कि ’
त्यति भनिसक्दा देखेँ, स्कुटर चालक भलाद्मीजस्ता लाग्ने ४५ बर्ष जतिका पुरुष थिए । उनी बौद्ध जान लागेका रहेछन् । उनले मलाई बानेश्वरसम्मै पु¥याइ दिने आश्वासन दिए । म फुरुक्क परेर स्कूटरको पछाडि बसिहालेँ । तर एकैछिन पनि अपरिचित मान्छेसँग यात्रा गरिरहेको छु भन्दा अलिक अप्ठ्यारो लाग्यो । बिस्तारै सहज भएँ र उनीसँक कुराकानी गर्न थालेँ । उनले बानेश्वरसम्म छोडिदिए । मैले उनको सहयोगका लागि धन्यवाद दिएँ र सहयोगी मनप्रति कृतज्ञ हुँदै शंलमूलतिर ओरालिएँ ।
सुन्दर र ऐतिहासिक साँखु हेर्न गएकी म, एउटा खण्डहर साँखुको चित्र मनमा बोकेर आएकी थिएँ । तर त्यहाँ मैले ऐतिहासिक भव्यताको चिन्हहरूलाई नजिकबाट हेर्न पाएकी थिएँ, छुन पाएकी थिएँ । अनि, त्यहाँका मानिसले गरिरहेको संघर्ष र तिनको हार्दिक मुस्कानमा भोलिको सुन्दर संसारको विरुवा पन्पिरहेकै थियो ।
http://www.ratopati.com/news/41116/

टिप्पणियाँ
एक टिप्पणी भेजें