संदेश

अप्रैल, 2016 की पोस्ट दिखाई जा रही हैं

संस्मरण : चिसो साँझसम्म साँखुलाई अँगाल्दा

चित्र
शनिबार बिहानै खाना खाएर निस्कँदै गर्दा दाइकी छोरी मेलिना कराई, ‘शनिबार पनि बिदा नहुने अफिसमा किन काम गर्नुहुन्छ दिदी ’ शनिबार घुमाउन लैजाउँला भनेर उसलाई अरू दिन फकाउँथे र होमवर्क गराउँथे, स्कूल पु¥याउँथेँ । शनिबार पनि झोला बोकेर म कस्सिएकी देखेर उसको रिस पोखिइहाल्यो । यता मेरो मन भने नेपालको प्राचीन र ऐतिहासिक सहर साँखुमा रिपोर्टिङका लागि जाने योजना बनेबाटै प्रफुल्ल थियो । सञ्चारिका समूहले प्रदान गर्ने ‘अन द जब ट्रेनिङ’को सिलसिलामा साँखुको रिपोर्टिङ ‘असाइन’ भएको थियो । त्यसैले मेलिनालाई अर्को शनिबारको भाका दिएर म निस्किएँ शंखमूलको डेराबाट । बानेश्वर पुगेर चाबहिल जाने माइक्रोमा कोचिएँ । नयाँ ठाउँमा जाने कुराले मलाई अलि बढी उत्साहित बनाउँछ । त्यसैले साँखुको कल्पनाचित्र मनमा खेलाउँदा–खेलाउँदै सह–चालक भाइको आवाजले झस्किएँ, ‘ल, चाबेल झर्नेजति ओर्लिनुस् ।’ ओर्लिएर पारिपट्टी गएर साँखु जाने गाडी पर्खिएँ । १० मिनेट जतिको प्रतीक्षापछि एउटा थोत्रो–थोत्रो लामो बस आइपुग्यो । सह–चालक भाइले गाडी जाने ठाउँजतिको नाम भनिभ्यायो– बौद्ध, जोरपाटी‘ ‘ । म हतारिँदै गाडी चढेँ र एउटा सिटमा कोच्चिएँ । क

प्रतिक्षा

तिम्रो प्रतिक्षा गर्दागर्दै बगेर गयो बैंशालु उमेर । जमे आँशुका दहहरु, म रुदाँ रुदाँ लेघ्रो बसिसकेछ, परेलीमुनि । फेरी पनि मायाँलु म तिमीलाई पर्खेर बसेकी छु । म तिमी आउने बाटो हेरेर बसेकी छु ।। बर्षौं पहिले, मेरो कुमारी मनभित्र जसरी स्थापित भएथ्यो तिम्रो आदिम सौन्दर्य । मैले सबैभन्दा पहिले देखेको तिम्रो मायावी स्वरुप । मैले तिमीलाई गरेको पहिलो विश्वास, मलाई तिमीसँग भएको पहिलो प्रेमको अनुभुति । जतन गरेर राखेकी छु आज पनि चोखो मायाँले भरिएका तिम्रा सुन्दर यादहरु । म त्यहींनेर छु । जहाँ तिमीले मलाई उभिनु भनेर गएका थियौ । म नआउञ्जेल पर्खिरहनु, नथाक्नु, हरेश नखानु छायाहरुसँग तर्सेर आफ्नो सातो नगुमाउनु । र्हुहुरे बतासले कसिंगर ल्याएर आँखामा हुत्याईदिन सक्छ । आँधीे भुमरी भएर उडाउला उडाउला जस्तो हुनसक्छ । आँखाको कशलाई बरु आँशुले बगाउनु । सतिशाल जस्तो भएर उभिरहनु, नहल्लिनु म अबश्य आउनेछु । मलाई अन्तिम घडीसम्म पर्खिरहनु भनेर गएका थियौ तिमी प्रति त्यो बेलाको मेरो सम्पूर्ण समपर्ण मेरो हृदयमा बढेको गति मेरा आँखामा चम्किएको आत्मबिश्वास । मेरो मुहारमा भरिएको आभा मेरो छातिमा पौडिईरह