संदेश

फ़रवरी, 2017 की पोस्ट दिखाई जा रही हैं

प्रचण्ड कुनै भगवान होइनन्

चित्र
अहिले नेपाली राजनीतिको केन्द्रमा रहेको माओवादी केन्द्र र त्यसको प्रमुख नेतृत्व खासगरी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड विरुद्ध पश्चिमा साम्राज्यवादी शक्तिहरु, त्यो शक्तिवाट भरणपोषण गरिएका एनजिओ र आइएनजिओकर्मी एवम् प्रमुख प्रतिपक्षी एमालेसहितका विरोधी शक्तिहरु अर्नगल प्रचारवाजीमा उत्रेका छन् । उनीहरुको प्रचार प्रचण्डको प्रचण्डको कद घटाएर आफू ठूलो हुन सकिन्छ भन्ने मनोदशामा आधारित देखिन्छ । प्रचण्डको पाइला पाइलामा विरोध गर्ने जागिर धानेकाहरुले उहाँका हरेक कुरामा विरोध गर्छन । दशैंमा टिका लगाएन भनेर विरोध गरें, टिका लगाएको भए त झन विरोध गर्ने थिए । प्रचण्डले दुई दशकभन्दा लामो समयदेखि दशै वा तिहारमा टिका नलगाएको कुरा दुनियालाई थाहा छ । तर विरोधीहरुले यसलाई आफ्नो विरोधको मसला बनाइरहन्छन् । भारतका प्रधानमन्त्री र चिनका राष्ट्रपतिसँग भारतको गोवामा भएको भेटको प्रसंगमा पनि विरोधै गरेका छन् । त्यो भेटघाट कतिधेरै महत्वपूर्ण थियो, त्यहाँ कति धेरै रणनीतिक महत्वको विषयमा छलफल भयो भन्ने कुरालाई ओझेलमा पार्न विरोधीले प्रचण्डको विरोध गरे पनि त्यो धेरै समय टिकेन । अहिले राष्ट्रपति विध

मलाई मानिस बन्नु छ

चित्र
कतै ओरालो, कतै उकालो, कतै समथर मैदान त कतै देउराली भञ्ज्याङ पार गर्दै एकदिन मञ्जिल चुम्ने आकाँक्षा पालेर म दौडिरहेकी छु, मलाई थाहा छ यो दौडाईले मलाई मान्छे बनाउँनेछ । आस्था केसी ‘युवाहरुको गीत’ उपन्यासकी लेखिका याङ्मोले भनेकी छन् —‘यदि तिमी पढ्न चाहन्छौ भने प्रत्येक मानिसको जीवन खुला पुस्तक जस्तै हो ।’मैले कैयौं पटक यो वाक्य सम्झिन्छु । जीवन रहेसम्म मान्छेले भोगेका अनेक थरी कथाहरु पढ्न र कैंयौं जीवन कथाहरु लेख्न चाहान्छु । कत्ति धेरै मान्छेका जीवनकथाहरु पुस्तक बनेर आएका छन् । ति मध्ये धेरै किताव त मैले पढ्नै पाएकी छैन । त्यो भन्दा पनि धेरै मानिसहरुको जीवनकथा त लेखिनै बाँकी छ । हो यो संसारका मान्छेहरु मध्येकै एक मान्छे म । मेरा पनि आफ्नै छन् जीवनका कथाब्याथाहरु । तिनलाई लेख्ने हुटहुटीमा म आज यो सपना नगरी काठमाडौंसम्म आईपुगेकी छु । म आफ्नै सपनाको त्यान्द्रोमा यहाँ आईपुगेकी थिँए । मलाई थाहा थियो अप्ठेराहरु धेरै छन् । म ति अप्ठेरा चुनौतिका पहाड चढ्ने जमर्को गरिरहेकी छु । एउटा सुनौलो क्षितिज देखिरहेकी छु जहाँसम्म पुग्नु छ मैले । त्यो  सपनाको क्षितिज फराकिलो देखिंदैछ यहाँबाट तर

सस्मरणः ममताले हारेको त्यो दिन.....

चित्र
६ महिना अघि कात्तिक महिनाको एउटा साँझ ।  त्यस्तै आठ बजेको हुँदो हो । आठ महिनाकी छोरी आयशालाई सुताएर कोठा बाहिर फ्रि वाईफाई भएको ठाँउमा के निस्किएकी थिएँ । नयाँ इमेलको जानकारी लिएर मेरो मोवाईलमा एउटा सकेंत देखियो । मोवाईलमा रहेको जिमेल एप्स खोलें । सञ्चारिका समूहको ईमेल थियो । जहाँ चार महिने ‘अन द जव ईन्टर्नशीप ट्रेनिङ’ को अफरसहित निवेदन दिन भनिएको थियो । एकखाले ‘सरप्राईज्ड’ जस्तो भयो मलाई । खुशीले पुलकित भएँ । एक मनले भन्यो निवेदन दिउँ रु यही बहानामा छिरुँ सपनाको शहर काठमाडौं रु आफूलाई परिक्षण गरुँ रु एउटा नयाँ शिरासहित पत्रकारितामा आफ्नो ‘करिअर’ स्थापित गरुँ‘‘। तुरुन्तै अर्को मनले प्रतिवाद ग¥यो । कसरी गर्ने रु दुधे बच्ची लिएर चारचार महिनाको तालिम गर्ने हिम्मत छ रु कहाँ बस्ने रु छोरी कस्ले हेरिदिन्छ रु आफ्नो करिअरको लागि सानी नानीको बिचल्ली भयो भने के गर्ने रु चिसो मौसम छ, यस्तो बेलामा भर्खरै बामे सर्न खोजेकी छोरीलाई काठमाडौंको चिसोले भेट्यो भने.......उ बिरामी परि भने......। मन भित्र एउटी स्वप्नशील जुझारु पत्रकार केटी र एउटी आमाको बिचमा घमासान युद्ध चल्यो । त्यो रातभर र अर्को के

दाजुलाई पत्रको जवाफ: उद्वेलित आँसु थामिएन

चित्र
आदरणीय कुमार दाइ,  क्रान्तिकारी अभिवादन  आज २१ औं जनयुद्ध दिवस । जनयुद्धको शंखघोष भएको दिन । सत्ताको मूलधारबाट पाखा पारिएका गरीब, उत्पीडित, महिला, किसान, आदिवासी जनजाति, मधेसी, दलित र अरू धेरै जाति, वर्ग, क्षेत्रले आफ्नो मुक्तिको लागि जीवनमरणको लडाईंको श्रीगणेश गरेको दिन । तपार्इं लगायत मुक्तियुद्धका अथकित यात्रीहरूलाई जनयुद्ध दिवसको धेरै धेरै शुभकामना दिन चाहन्छु । तपार्इंले लेख्नुभएको पत्र पाएँ । एउटा उद्वेलनले भावुक बन्दै पत्र पढिसिध्याउँदासम्म आँखाबाट आँसु बगिरह्यो । पत्र पढेर सकेको केही बेरसम्म म चुपचाप रोइरहें । अनि केही बेरपछि उठें र तपाईंको पत्रको प्रतिउत्तर कसरी दिनेहोला भनेर सोच्न थालें । मेरो प्रिय दाजु, रुनु भनेको कुनै नराम्रो काम पक्कै होइन । म बरू नहाँसेर बाँच्न सकुँला । तर नरोएर बाँच्न सक्दिनँ ।  हामी बाँचिरहेको सामन्ती चिन्तनले ग्रस्त समाजले रुनुलाई नराम्रो अर्थमा चित्रित गरेको छ । तर दाइ, रुनु भनेको कमजोर हुनु होइन । मेरो हकमा त झन हुँदै होइन । जब रुन्छु, मभित्रको पीडा आँसु बनेर बाहिर निस्किन्छ । आफ्नो मन लागुन्जेल रुन्छु र आँसु पुछेर म आफूलाई एकदमै ताजा र हलु

जनयुद्धमा लागेकी बहिनीलाई दाजुको चिट्ठी

चित्र
प्यारी बहिनी आस्था, हृदयदेखिको मायासहित क्रान्तिकारी अभिवादन  आराम छु अनि सोही कामना गर्दछु । पार्टी शान्ति प्रक्रियामा आएपछिको लामो अन्तरालपछि केही समयअघि मात्र तिमीसँग लामो भलाकुसारी गर्ने मौका मिल्यो । धेरै कुरा त मैले तिमीलाई भेटमै भनिसकेको छु, तर केही विषय चाहिँ यो पत्रमार्फत सम्झाउने आवश्यकता ठानेर लेख्दैछु । तिमीलाई लाग्न सक्छ, फोन इमेलको यस जमानामा यो चिट्ठी किन लेखेको होला रु मलाई लाग्छ, यसको आवश्यकता अहिले निकै बढेर गएको छ । नेपाली समाज रूपान्तरणको यस महान अभियानमा हजारौं लाखौं दाजुभाइ तथा दिदीबहिनीहरूको सामूहिक योगदान छ । आज ती सबै कताकता अलमलिएका, आफैंभित्र हराएका र जनयुद्धमा आफूले गरेको योगदानमा गर्व गर्नुको साटो त्यसप्रति पीडाबोध गरिरहेका जस्ता देखिन्छन् । हो, यो कुरा कतिपय हकमा सही छ कि लंका विजय गर्ने हनुमान् हो कि होइन भन्ने भ्रम पर्ने गरी ढेडु बाँदरले फेटा गुथेर हिँड्ने गरेको छ ।  नयाँ नयाँ जोगीहरूले आवश्यकताभन्दा बढी खरानी घसिरहेका छन् र उनीहरूले नै चर्कोसँग अलख निरञ्जन भट्याइरहेका छन् । त्यसमा हामीले पीडाबोध गर्ने वा आत्मग्लानि गर्ने होइन नि, लाटी