जुत्ता सिलाउदै,जिबिका चलाउदैं, मनकला
आस्था केसी,बर्दिया बाट फर्केर पुरुषहरुले जुत्ता चप्पल सिलाएर जिबिका चलाउने गरेको त हामीले देखे सुनेकै छौं तर महिलाले पनि जुत्ता चप्पल सिलाएर परिवार चलाएको सायदै देखे सुनेका हौंला । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया देखि करिब ८ किलोमिटरको दुरीमा रहेको सानोश्री गाबिसको सानो बजारको बिचमा अवस्थित चौतारोमुनि बसेर बिगत छ बर्ष देखी गा्रहकको जुत्ता चप्पल सिलाईदिने देखी पोलिश गर्नेसम्मको काम गर्दै आएकी छिन् ५१ बर्षिया मनकला बयलकोटी । पहिले श्रीमान श्रीमती मिलेर काम गरिन्थ्यो । एक बर्षदेखी बुढा बिरामी परेका छन् राम्ररी उपचार र्गन पनि सकिएको छैन । उनि बिरामी परेदेखी एक्लै काम र्गन थालेकी छु । मनकला भन्छिन । काम सानो र ठूलो भन्ने हुदैन आफूलाई जे आँउछ त्यही काम गर्ने त हो नि । कहिल्यै स्कुलको आँगन टेक्न नपाएकी यी दैलेखकी छोरी आफ्नो उमेर जस्तै कुरा पनि धेरै पाका गर्छिन् । आफ्नै जीवनको अनुभबले उनलाई यस्तो कुरा सिकाएको हो । छोरा र छोरी आ आफ्नो काम र्गछन् र जहान परिवार पाल्छन । आफू बुढा बुढीको लागी भने मैले नै काम गरेकी छु । उनि सुनाउछिन् । कमाउदाको दिन ४०० जति हुन्छ । काम नहुदाको दिन भने रित्त