Tuesday, June 11, 2013

गजल


किन किन यो मनमा भित्रै देखी थकान छ ।
तिमी छैनौ र त यहाँ सब थोक सुनसान छ ।।


भन्नु केही पनि थिएन,जब तिमी नजिकै थियौं ।
टाढा छौ आज र त कुरा लम्बेतान छ ।।

आनन्द थ्यो सबैकुरा,तिमी गथ्र्यौ पुर्याउथ्यौ ।
एक्ली म छु र त यहाँ भारी बडेमान छ ।।

लाग्थ्यो याद नआउला,सम्झनाले नसताउला ।
ओहो । मनमा तिम्रै मायाँ बढ्दै झनझन छ ।।

 किन किन यो मनमा भित्रै देखी थकान छ
 तिमी छैनौ र त यहाँ सब थोक सुनसान छ ।।

No comments:

Post a Comment

नारी नै नरहँदा संसार के चल्छ र !

छन्द कविता आस्था केसी |  #आस्था केसी |  १ सृष्टिको लहराउँदो सलिलता संसारमा शोभित आकाशैभरी चम्किने लहरमा झुल्किन्छ तारासित कोखैभित्र चलायमान ...