बालसखाको सम्झना सोमनाथलाई चिठ्ठी
राप्तीको साहित्यिक इतिहासमा साहित्यकार सूर्यनाथ सापकोटाको नाम कुनै नौलो होइन । यस्तो कुनै साहित्यको विधा पनि बाँकी रहेन जुन विधामा सापकोटाको कलम नचलेको होस् ।
बिन्तीपत्र (व्यंग्य खण्डकाव्य), पक्रैया (गद्य खण्डकाव्य), रातामाटा कालापानी (गीति खण्डकाव्य), आगोभित्रको मान्छे (उपन्यास), घायल मुटु (कथा संग्रह), झर्दै फुल्दै, फुल्दै झर्दै (सूत्रकथा), श्रीलंका यात्राका अनुभूतिहरु (यात्रा संस्मरण) र सबैभन्दा पछिल्लो कृति सोमनाथलाई चिठ्ठी (पत्र गीतिकाव्य) गरी अहिलेसम्म लेखकले ८ वटा फरक–फरक विधाका कृतिहरु प्रकाशित गरिसकेका छन् ।
व्यंग्यात्मक शैलीका निबन्धहरु लेखेर होस् वा समसामयिक कविता लेखेर होस् उनी हरतरहले आफ्नो लेखन यात्रामा यसरी निरन्तर लागिरहेका छन्, जसरी सागर भेट्ने उत्कट आकांक्षा बोकेर नदी आफ्नो मूलप्रवाहमा निरन्तर बगिरहेको हुन्छ ।
साहित्यकार सूर्यनाथ सापकोटाको जन्म २००५ साल मंसिर ८ गते धौलागिरी अञ्चलको बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–६, रातामाटामा भएको हो । सानैदेखि प्रकृतिप्रेमी र साहित्यप्रेमी स्वभावका उनी जीवनको एउटा चरणमा जागिरको सिलसिलामा नेपालका विभिन्न स्थानहरुमा पुगेका थिए । हाल दाङको घोराहीमा स्थायी बसोबास गरिरहेका उनी जागिरबाट सेवानिवृत्त भएपछिको समयलाई साहित्य साधनामा लगाएका छन् ।

बाग्लुङको रातामाटामा जन्मिएर जागिरको सिलसिलामा नेपालगञ्ज र दाङलगायतका स्थानमा पुगेपनि सूर्यनाथ सापकोटाभित्र रहेको साहित्यिक व्यक्तित्वले कहिल्यै विश्राम लिएन । आफ्नै जीवनमा प्रत्यक्ष आफैले भोगेका अनुभव अनुभूतिहरुलाई लिएर जीवन्त साहित्य सिर्जना गर्नु उनको साहित्यिक विशेष नै बन्न पुगेको छ ।
सोमनाथलाई चिठ्ठी उहाँको सानैदेखि सँगै बस्ने, सँगै खेल्ने, सँगै पढ्ने र अत्यन्त मिलनसार आफ्ना मित्र सोमनाथलाई झ्याउरे गीति लयमा लेखिएको पत्र गीतिकाव्य हो । जीवनका असाध्यै लोभलाग्दा र रहरलाग्दा बाल्यकालका दिनहरुमा सँगै हुर्किएपनि पछि आ–आफ्नै कार्यव्यस्तता र जागिरका कारण रचनाकार र उहाँको साथी सोमनाथ दुवैले आफ्नो जन्मथलो छोडेको र जन्मथलो अनि साथीको मायामा ओतप्रोत बन्दै साथीलाई लेखिएका नौ वटा पत्रहरुले नै यो पुस्तकको आकार ग्रहण गरेका छन् ।
मानिस उमेरका खुड्किलाहरु चढ्दै जान्छ, उमेर सँगसँगै मानिसका आर्थिक, सामाजिक र पारिवारिक जिम्मेवारीहरु पनि बढ्दै जान्छन् । जसको फलस्वरुप आफ्नो जन्मथलो आफ्ना प्रिय आफन्तहरु, आफ्ना सहकर्मी, साथीसंगातीहरुलाई छोडेर मानिस आफ्नो निर्दिष्ट जिम्मेवारी पूरा गर्नको लागि टाढा हिडिदिनुपर्छ ।
समय र परिस्थितिले मानिसलाई भूगोलको अर्को कुनामा पु¥याएपनि आफू जन्मेको माटो, आफू हुर्केको माटो र आफ्ना प्रिय आफन्त र साथीसंगातीहरुलाई मानिसले कहिल्यै बिर्सन सक्दैन ।
कति प्रिय र मृदुल भैदिन्छन् ती अबोध बाल्यकालका स्मृतिहरु जहाँ मानिस यदि सम्भव हुन्थ्यो भने फेरि पनि विचरण गर्न पुग्दो हो । तर, सम्भव छैन तिनै सुमधुर यादहरुलाई आफ्नो हृदयको स्पन्दनमा सुरक्षित सजाएर मान्छे भोलिको भविष्यको लागि अगाडि बढिरहनुपर्छ ।
यी र यस्तै खाले भावले समेटिएका अनुभूतिहरुलाई साहित्यकार सापकोटाले असाध्यै सामान्य र सरल शब्दहरुमा प्रस्तुत कृति सोमनाथलाई चिठ्ठी नामक कृतिमा समेट्नुभएको छ ।
आफ्ना प्रिय आफन्तहरु, इष्टमित्रहरु, छरछिमेक तथा साथीहरु सँगसँगै बिताएको समय, गाई हेर्न गोठालो गएको, आफू खेलेको, हाँसेको, रोएको आदिजस्ता विषयवस्तुहरुप्रतिको अनुराग यो कृतिमा व्यक्त भएको छ ।
झ्याउरे लयमा लेखिएको यो गीति पत्र पढ्दै जाँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कृति मुनामदनको झल्को आउँछ । साथै आफ्नो मातृभूमिप्रतिको अगाध आस्था र माया भरपूर मात्रामा व्यक्त गरिएको यो कृतिले युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ भन्ने कविताको याद गराउँछ।
मै सँगै मेरो बिरानो भयो घरको
आँगन
म रुनू कहाँ मैसँग रुन्छन् घरका जहान
म रुनू कहाँ मैसँग रुन्छन् घरका जहान
मानिस उमेरले जति पाको हुँदै गएपनि र व्यवहारले जति परिपक्व देखिन खोजेपनि हाँसो, आँसु, भावना त सबैको हुन्छ । तर पनि परिवारको मुख्य मान्छे भएपछि रुने अधिकार पनि कहाँ हुन्छ र ?
कविले यही कुरा यहाँ व्यक्त गरेका छन् । भौगोलिक दूरीको हिसाबले आफ्नो बाल्यावस्था बितेको ठाउँ घर आँगन बिरानो भएकोजस्तो उनलाई लागेको छ र आफ्नो जीवनमा पछि आएका श्रीमती र छोराछोरीसँग उनी आफ्नो आँसु देखाउन सक्दैनन् ।
कहिलेकाँही कविलाई लाग्छ फेरि ती दिन जीवनमा आइदिए…? फेरिउही रातो माटोले पोतेको घरको पिढीमा बसेर सूर्यको प्रभाती लालीमासँगै आफ्नो किताब पढ्न पाए, टुकीको मधुर उज्यालोमा बसेर पढ्न लेख्न पाए घुस दिए पनि तयार छन् ।
उनी भन्छन्–
जे जस्तो छु आजलाई पारी खारेजमा
उही दिन उस्तै पार्न घुस लेला कुन
कहाँ होला हाकिम त्यो सक्छौ फेला पार्न
छैन भने किन सम्झी रुन्छ मेरो मन ।

कवि स्वर्ग, नर्क, पूर्वजन्म र पुनःर्जन्मका विषयमा विश्वास गर्दैनन्, उनी द्वन्द्वात्मक भौतिकवादी विचारले ओतप्रोत छन् । त्यसैले उनले आफ्ना विरामी मामासँग कतै पनि स्वर्ग हुँदैन, नर्क हुँदैन, राम्रो–नराम्रो, स्वर्ग–नर्क जे छ यही पृथ्वीमा छ र जे–जे भोग्नु छ यही जन्ममा भोग्नु छ भनेर सम्झाउँछन् ।
गरेको खाने र गरेर खाने मानिसहरुको विभेद कविले प्रष्ट रुपमा अनुभूत गरेका छन् । ठूलाबडाहरु कारमा शानसँग हिड्ने र पेटीमा हिड्ने गरीबहरुलाई पनि तिनैले थर्काउने परिपाटीदेखि उनी विरक्त छन् । शहीदले जुन सपना देखेर बलिदानी दिएका हुन् तिनको सपना पूरा भएको छैन भन्ने भाव पनि कविले ‘सोमनाथलाई चिठ्ठी’ मा व्यक्त गरेका छन् ।
जम्मा जम्मी ६३ पृष्ठको यो कृतिमा जम्मा ३ सय १ सर्गमा कविले साथीलाई चिठ्ठी लेखेका छन् । त्यहाँ केवल चिठ्ठी मात्र लेखिएको छैन, मातृभूमिप्रतिको मायालाई असाध्यै सुन्दर र जिम्मेवार ढंगले अभिव्यक्त गरिएको छ । पत्रको शुरुमा कवि धेरै भावनात्मक हुन्छन्, उनी धेरै रुन्छन्, बिलौना गर्छन्, गुनासो गर्छन्, निराश–निराश र थकित–थकितजस्ता लाग्छन् तर पत्रको अर्थात् कृतिको अन्तसम्म आइपुग्दा एउटा नयाँखाले आत्मबोध र आत्मविश्वासले कवि प्रज्वलित भएका छन् ।
बुद्धको देशबाट कसरी ? किन र के का लागि युद्ध गरिएको थियो भन्ने कुराको व्याख्या गर्दै कवि भन्छन्–
विश्वमा रोल्पा आँखाको नानी भई बाँच्न सक्तछ
मानिसलाई ज्यूँदो पार्ने चेतन बन्दछ
म देखे त्यहाँ मान्छेका लागि उज्यालो पालेका
फोहरलाई पारेर मल बोटमा हालेका
मानिसलाई ज्यूँदो पार्ने चेतन बन्दछ
म देखे त्यहाँ मान्छेका लागि उज्यालो पालेका
फोहरलाई पारेर मल बोटमा हालेका
राप्ती कविता महोत्सवमा जब कवि रोल्पा पुग्छन्, त्यहाँ पुगेपछि उनलाई नयाँ चेतनाको आभाष हुन्छ, उनी त्यहाँ गएर बल्ल बुझ्छन् कि भौगोलिक दूरीमा टाढा भएपनि बाग्लुङ त्यति टाढा छैन, धौलागिरीले उनलाई मायाले हेरिरहेको रहेछ, उनले मात्र देखेका रहेनछन् धौलागिरीको उँचाईलाई । अनि उनी भन्छन्– अब म रुँदिन, अब म आँसु झार्दिन र होचो बन्दिन, अग्लिन चाहन्छु धौलागिरीजस्तै ।
उज्यालो खोज्ने मान्छेका सपनाहरु कहिल्यै मर्न सक्दैनन् ।
यसरी साहित्यकार सूर्यनाथ सापकोटाको कृति सोमनाथलाई चिठ्ठी एक युगीन सन्देशसहित लेखिएको छ ।
सीमाहरु :
स्वभावैले हरेक कृतिका आ–आफ्नै सीमाहरु हुन्छन् र यो कृतिका पनि केही सीमाहरु अवश्य छन् । विम्व प्रयोग र शब्द चयनमा अझै बढी मेहनत गर्न सकेको भए अझैं सुनमा सुगन्ध हुने थियो । त्यसैगरी सूर्यनाथ आफैले पुस्तकको शुरुतिर लेखेको केही कुरा गर्नुपर्दा भन्ने शीर्षकको लेखमा एक ठाउँ अचाक्ली भन्ने शब्दले खल्लो बनाएको छ, त्यहाँ असाध्यै भएको भए राम्रो हुन्थ्यो ।
समग्र कृतिभरि कविले आँसु बगाएका छन् । सबैजसो पत्रहरुमा बिलौना गरेका छन् र निरास बनेका छन् । उनले नै अंगालेको द्वन्द्वात्मक भौतिकवादी दर्शनले मानिसको आफ्नो अन्तर्राष्ट्रिय जाती हुनेछ र सबै भूभाग मानिसको आफ्नो हुनेछ भन्ने नीति अंगालेको छ, यसरी हेर्दा बाग्लुङ वा दाङ वा नेपालगञ्ज जहाँ भएपनि यो धर्ती आफ्नै हो भन्ने कुराको मनन् गर्न कविलाई गाह्रो भएको छ ।
यी केही स–साना कमीको बाबजुद सूर्यनाथ सापकोटाको कृति सोमनाथलाई चिठ्ठी सुन्दर र पठनीय बन्न पुगेको छ, उनको आगामी लेखनयात्रा अझैं परिस्कृत बन्दै अगाडि बढोस् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें