जुत्ता सिलाउदै,जिबिका चलाउदैं, मनकला
आस्था केसी,बर्दिया बाट फर्केर
पुरुषहरुले जुत्ता चप्पल सिलाएर जिबिका चलाउने गरेको त हामीले देखे सुनेकै छौं तर महिलाले पनि जुत्ता चप्पल सिलाएर परिवार चलाएको सायदै देखे सुनेका हौंला ।
बर्दिया जिल्लाको सदरमुकाम गुलरिया देखि करिब ८ किलोमिटरको दुरीमा रहेको सानोश्री गाबिसको सानो बजारको बिचमा अवस्थित चौतारोमुनि बसेर बिगत छ बर्ष देखी गा्रहकको जुत्ता चप्पल सिलाईदिने देखी पोलिश गर्नेसम्मको काम गर्दै आएकी छिन् ५१ बर्षिया मनकला बयलकोटी । पहिले श्रीमान श्रीमती मिलेर काम गरिन्थ्यो । एक बर्षदेखी बुढा बिरामी परेका छन् राम्ररी उपचार र्गन पनि सकिएको छैन । उनि बिरामी परेदेखी एक्लै काम र्गन थालेकी छु । मनकला भन्छिन ।
काम सानो र ठूलो भन्ने हुदैन आफूलाई जे आँउछ त्यही काम गर्ने त हो नि ।
कहिल्यै स्कुलको आँगन टेक्न नपाएकी यी दैलेखकी छोरी आफ्नो उमेर जस्तै कुरा पनि धेरै पाका गर्छिन् । आफ्नै जीवनको अनुभबले उनलाई यस्तो कुरा सिकाएको हो ।
छोरा र छोरी आ आफ्नो काम र्गछन् र जहान परिवार पाल्छन । आफू बुढा बुढीको लागी भने मैले नै काम गरेकी छु । उनि सुनाउछिन् । कमाउदाको दिन ४०० जति हुन्छ । काम नहुदाको दिन भने रित्तै हात पनि घरमा फर्किनु पर्ने हुन्छ ।
कमाई भएपनि वा नभएपनि उनि निराश भने हुन्निन रे । दैनिक डेढ घन्टा पैदल हिडेर सानोश्री ९ शान्तिपुरमा रहेको घर आउने जाने गर्दा उनि मनभरी सोच्छिन् घरको आफनै लालपूर्जा भईदिए..... ।
एक छोरा बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब छन् भने ४ छोरीहरु आ आफ्नो पतिको घर गईसकेका छन् । ४ नाती नातीनि,बुहारी र आफ्ना ५८ बर्षिय श्रीमान संगै ऐलानी जग्गामा बनेको सानो घरमा बस्दै आएकी छिन् मनकला ।
उनि आफ्नो काममा सन्तुष्ट छिन् । बजार का बासिन्दा देखी लिएर हरेक दिन आउने ग्राहक सम्म सबैले उनको यो कामको प्रशंसा र्गछन । सबैले सम्मान र्गनुहुन्छ । उनि भन्छिन् । र्पुख्यौली पेशा हो । ससुराले पनि यहीं काम गर्नुहुन्थ्यो । अब आँखा कमजोर हुदै गएका छन् । जतिन्जेल सक्छु यही काम गरिरहन्छु ।
पुख्र्यौली पेशालाई निरन्तरता दिंदै जुत्ता चप्पल सिलाएर जिबिका चलाईरहेकी मनकला बाट अरुले पनि केही सिक्ने कि ।

टिप्पणियाँ
एक टिप्पणी भेजें